२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने



अ+ अ-

काठमाडौँ।  मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आगामी आर्थिक वर्षदेखि जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य शुरु हुने बताउनुभएको छ ।

मधेस खेलकुद परिषद्द्वारा जनकपुरधाममा आयोजित ‘नेकोस कप’ राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको शनिवार उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यस्तो जानकारी दिनुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेस सरकार रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणको विषयमा गम्भीर रहेको बताउनु भयो ।

उहाँकाअनुसार आगामी आर्थिक वर्षमा २ सय ५६ करोड रुपैयाँको लागतमा रंगशालाको निर्माण कार्य शुरु गरिनेछ । यस पटकको बजेटमा प्रदेश सरकारले क्रिकेट लगायत समग्र खेलकुद क्षेत्रको विकासका लागि विशेष योजनाहरू ल्याउन लागेको उहाँले स्पष्ट पार्नुभयो । साथै, प्रदेशका आठ वटै जिल्लामा रहेका खेलकुद मैदानहरूको स्तरोन्नति गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।

सोही अवसरमा मधेस खेलकुद परिषद्का सदस्यसचिव शिवजी यादवले प्रदेशका युवाहरूलाई खेलकुदमा जोड्दै यस क्षेत्रलाई व्यवसायीकरण गर्ने लक्ष्य रहेको बताउनु भयो । खेलकुद क्षेत्रको विकासले नै राज्यको समृद्धिको आधार तयार गर्ने उल्लेख गर्दै उहाँले मधेसलाई ‘खेलकुदमय प्रदेश’ बनाउन परिषद् प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

शनिवारदेखि शुरु भएको नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा मधेस, कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपीएफ गरी कुल आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका खेलहरू जनकपुरधाम र वीरगञ्जमा सञ्चालन हुनेछन् भने फाइनल खेल वीरगञ्जमा आयोजना गरिनेछ । –न्युज एजेन्सी नेपाल