३० श्रावण २०८३, शनिबार
,
Latest
मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु चीनमा नेपाली जडिबुटीको संभावना र भविष्य वारे विमर्श जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य



अ+ अ-

काठमाडौँ। ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने चक्रपथ खण्डलाई ‘स्मार्ट स्ट्रिट लाइट’ मार्फत उज्यालो बनाउने अभियान तिब्र पारेको छ ।

‘उज्यालो महानगरपालिका’ योजना अन्तर्गत महानगरले बालकुमारी पुलदेखि बल्खुसम्मको ७.९ किलोमिटर सडक खण्डमा आधुनिक सडक बत्ती जडान कार्य अगाडि बढाएको हो । महानगरका प्रमुख चिरिबाबु महर्जनकाअनुसार भित्री र बाहिरी सडकहरूमा स्मार्ट लाइट जडान गर्ने कार्य लगभग सम्पन्न भइसकेको छ । दोस्रो चरणको यस आयोजना अन्तर्गत हाल चक्रपथको अन्धकार हटाउन नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा काम भइरहेको छ ।

यस आयोजनाको कुल लागत १३ करोड रुपैयाँ रहेको छ । जसमा ललितपुर महानगरपालिकाले १० करोड र नेपाल विद्युत प्राधिकरणले ३ करोड रुपैयाँ लगानी गरेका छन् ।

सडकमा बत्ती नहुँदा रात्रिकालीन समयमा हुने सवारी दुर्घटना र अवाञ्छित गतिविधिहरूलाई न्युनिकरण गर्ने उद्देश्यले यो आयोजना सञ्चालन गरिएको महानगरले जनाएको छ ।

आयोजना अन्तर्गत विभिन्न उचाईका ७ सय ९० वटा पोलहरू जडान गरिनेछन् । जसमा ११ मिटर उचाईका (डबल आर्म) ३ सय ७१ वटा पोल, ८ मिटर उचाईका १ सय ९५ वटा पोल, ७ मिटर उचाईका २ सय २४ वटा पोल, १२ मिटरका ६६ वटा मिनी मास्ट पोल रहनेछन् ।

बत्तीको सन्दर्भमा १ सय ५० वाटका १ हजार २ सय ५० थान, ९० वाटका ५ सय ५२ थान र २ सय वाटका १ सय ९८ थान फ्लड लाइटहरू प्रयोग गरिनेछ । हाल पहिलो खण्ड अन्तर्गत बालकुमारीदेखि सातदोबाटोसम्म बत्ती जडानको काम सम्पन्न भइसकेको र बाँकी खण्डमा काम भइरहेको छ । आगामी ३ महिनाभित्र सम्पूर्ण ७.९ किलोमिटर क्षेत्रमा बत्ती बाल्ने लक्ष्य राखिएको छ ।

यो आयोजनामा जडान गरिएका बत्ती र पोलहरूको मर्मतसम्भारका लागि महानगरले विशेष व्यवस्था गरेको छ । सम्झौताअनुसार आगामी ५ वर्षसम्म ती पूर्वाधारहरूको मर्मत र हेरचाहको जिम्मेवारी निर्माण व्यवसायीकै हुनेछ । यस अवधिमा कुनै प्राविधिक समस्या आएमा महानगरले थप खर्च व्यहोर्नु पर्नेछैन । ५ वर्षपछि मात्र यसको वित्तीय दायित्व महानगरमा हस्तान्तरण हुनेछ ।

ललितपुर महानगरपालिकाले निर्माण गरिरहेको अपाङ्गतामैत्री आकाशे पुलको काम पनि अन्तिम चरणमा पुगेको प्रमुख महर्जनले जानकारी दिनुभयो ।

पुलको सिभिल र स्ट्रक्चरल काम सम्पन्न भए पनि जडानका क्रममा केही प्राविधिक त्रुटी देखिएकाले पुनः सच्याइएको उहाँले बताउनु भयो । अबको १५ दिनभित्र जडान कार्य शुरु हुने र आगामी ३ महिनाभित्र लिफ्टसहितको उक्त पुल उद्घाटन गर्ने महानगरको तयारी छ । –न्युज एजेन्सी नेपाल