६ असार २०८३, शनिबार
,
Latest
युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा नुवाकोट, म्यगङ गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–६ बस्ने अन्दाजी ४७ वर्षीय तारालाल विश्वकर्मा तथा पर्वत, मोदी गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बस्ने ५० वर्षीय होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडाँैका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटस्थित रहेको बारमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।”

उक्त स्थानबाट निज तारालाल विश्वकर्माले साथमा बोकेको झोलाभित्र लुकाइछिपाइ राखेका अवस्थामा स्रोत नखुलेको नेपाली नगद रु २२ लाख, अमेरिकी डलर ४० र दस्तखत गरेको तर रकम उल्लेख नगरेको चेकहरू चार थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, निज तारालाल विश्वकर्माले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको वाइनान्समा करिब २००० युएसडिटी बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । रासस