१४ भाद्र २०८३, आईतवार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ”
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते



अ+ अ-

बैतडी। बैतडीको शाहीलेक क्षेत्रमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुप प्र ०१–००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ जिल्लाको दशरथचन्द नगरपालिका–४ शाहिलेक नजिक दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार साँझ करिब पौने ६ बजे भएको दुर्घटनामा घाइते भएका १० जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ। दुर्घटनाग्रस्त बस सडकबाट करिब ३० मिटर तल खसेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

प्रहरीले दुर्घटनाबारे थप विवरण संकलन भइरहेको जनाएको छ।