९ भाद्र २०८३, मंगलवार
,
Latest
सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त



अ+ अ-

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रिक्त रहेको अध्यक्ष पदमा कैलालीका डा. भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो। नयाँ अध्यक्ष नियुक्तिसँगै धितोपत्र बजारको नियमन, अनुगमन तथा विकासका कार्यले थप गति लिने अपेक्षा गरिएको छ।

अध्यक्ष नियुक्तिका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट को संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। उक्त समितिले योग्य उम्मेदवारहरूको मूल्यांकन गरी सरकारलाई सिफारिस गरेको थियो।

डा. भट्टको नियुक्तिसँगै पूँजी बजार सुधार, लगानीकर्ता संरक्षण तथा धितोपत्र बजारको पारदर्शिता अभिवृद्धिका विषयमा नयाँ नेतृत्वको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।