४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमै लक्ष्यभन्दा धेरै नै कम राजस्व संकलनमा सरकार

चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमै लक्ष्यभन्दा धेरै नै कम राजस्व संकलनमा सरकार
अ+ अ-

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा लक्ष्यभन्दा धेरै नै कम राजस्व उठाएको छ । सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब ५२ अर्ब ३९ करोड रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ५३ अर्ब ६९ करोड रुपैयाँ कम उठाउन सकेको हो । यस अवधिमा कुल १ खर्ब ९८ अर्ब ७० करोड रुपैयाँ उठेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । सरकारले गत आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिकमा १ खर्ब ९३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार सरकारले चालू आर्थिक वर्षको बजेटमा ३० प्रतिशत राजस्व संकलन वृद्धि गर्ने लक्ष्य राखेको थियो । तर, साउनदेखि असोजसम्मको अवधिमा जम्मा २.५९ प्रतिशत मात्रै वृद्धि भएको देखिएको छ । अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रकको कार्यालयका अनुसार ३ महिनामा कुल वार्षिक लक्ष्यको १६.४३ प्रतिशत राजस्व उठेको छ । जसमा करबाट कुल १ खर्ब ७२ अर्ब १८ करोड ८४ लाख रुपैयाँ उठेको छ भने गैरकरबाट १० अर्ब ५१ करोड १८ लाख रुपैयाँ उठेको छ ।

महालेखा नियन्त्रकको तथ्यांकलाई आधार मान्ने हो भने पहिलो त्रैमासिकमा १ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ मात्र राजस्व उठेको छ । यसपालिको दसैं असोज महिनामा परेको र सो अवधिमा सबैभन्दा बढी वस्तुको खरिदबिक्री हुने भए पनि यस वर्ष कम राजस्व उठेकाले अर्थ मन्त्रालय गम्भीर भएको छ । त्यसमाथि यस वर्ष सरकारले पारिश्रमिक भुक्तानीमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिँदा पनि राजस्व भने कम मात्र उठेको छ । अहिलेसम्ममा ६ लाख व्यक्तिले स्थायी प्यान नम्बर लिई आयकर बुझाएका छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता खत्रीले भने, ‘भन्सार राजस्व कम उठेको छ र यस वर्ष आयात पनि कम भएकोले राजस्व कम उठेको प्रारम्भिक अनुमान छ ।’ सरकारले विलासी वस्तुको आयातमा कडाइ गरेका कारण यसपालि आयात कमी भएको र विलासी सामानमा सबैभन्दा बढी कर उठ्ने क्षेत्र नै कडाइ भएकाले पनि राजस्वमा प्रभाव परेको अधिकारीहरूले बताएका छन् । ढुवानीमा भ्याट लगाएको भन्दै केही दिन ढुवानी व्यवसायी ढुवानीमा रोक लगाए पनि पहिलो महिनामा अपेक्षित राजस्व उठ्न नसकेको बताइएको छ । सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा कुल ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरेको थियो ।

सरकारले निर्धारण गरेको राजस्व लक्ष्यमा भन्सार, मूल्य अभिवृद्धि कर, आयकरले लक्ष्य भेटाउन नसकेको बताइएको छ । भन्सारबाट ६५ प्रतिशत, मूल्य अभिवृद्धि करबाट ७६ प्रतिशत र आयकरबाट ९३ प्रतिशत मात्र लक्ष्यको अनुपातमा राजस्व उठेको छ । सरकारले निजी सवारी साधन र रेडबुलजस्ता इनर्जी ड्रिंक्समा कडाइ गरेपछि आयात कम भएको बताइएको छ । सरकारले पहिलो महिनामा नै लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरेको थियो । सरकारले साउनमा ८५ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखे पनि जम्मा ६७ अर्ब रुपैयाँ संकलन गरेको थियो । जुन लक्ष्यभन्दा १८ अर्ब कम हो ।

गत साउनको संकलित राजस्वमा गैरकर क्षेत्रको ४ अर्ब ८७ करोड ९६ लाख रुपैयाँ तथा कर क्षेत्रको ६२ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ योगदान थियो । सरकारले साउन महिनामा भन्सारलाई १६ अर्ब ८० करोड रुपैयाँ लक्ष्य निर्धारण गरे पनि साउनमा करिब १० अर्ब मात्रै उठाउन सकेको थियो ।त्यस्तै, २९ अर्ब ७७ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर उठाउने लक्ष्य राखिएकोमा २४ अर्ब रुपैयाँ मात्र संकलन भएको थियो । अन्तशुल्कबाट पनि ११ अर्ब ५८ करोड उठाउने लक्ष्य रहेकोमा ७ अर्ब मात्र संकलन भएको थियो । यस्तै, आयकरतर्फ १८ अर्ब ८१ करोड संकलन गर्ने लक्ष्य लिइएकोमा करिब १५ अर्ब मात्र उठेको थियो ।

चालू आवमा सवारी साधन, औद्योगिक कच्चा पदार्थ, क्लिकर, फलाइएस, इन्धन, विभिन्न सामान, फलामजन्य वस्तु, कस्मेटिक सामग्री, मदिरा, इनर्जी ड्रिंक्सको आयातमा गिरावट आएपछि लक्ष्यअनुरूप भन्सारबाट राजस्व नउठेको अर्थ मन्त्रालयको भनाइ छ । चालू आर्थिक वर्षको साउन र भदौमा गत वर्षको सोही अवधिको तुलनामा १.२२ प्रतिशतले आयात घटेको छ ।

गत वर्षको साउन र भाद्रमा २ खर्ब ३२ अर्ब ३४ करोड ६६ लाख १२ हजारको आयात भएकोमा यस वर्ष २ खर्ब २९ अर्ब ५० करोड ३६ लाख ९६ हजारको मात्र आयात भएको छ । निर्यात भने २ महिनामा २५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १४ अर्ब ६९ करोड ९० लाख २० हजार रुपैयाँको निर्यात भएकोमा यस वर्ष १८ अर्ब ५० करोड १८ लाख ५४ हजार रुपैयाँको निर्यात भएको छ । राजधानी दैनिकबाट