१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंक ठगीमा सञ्चालकहरु सहित ५६ विरुद्ध मुद्दा



अ+ अ-

दाङ। दाङको देवः विकास बैंक नारायपुर शाखाबाट भएको झन्डै १८ करोड रुपियाँ हिनामिनामा सञ्चालकहरूकै संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीको झन्डै दुई महिना लामो अनुसन्धानपछि ६ जना बैंक सञ्चालक, कर्मचारी र खातावालासहित ५६ जनाविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ।

सञ्चालक समितिका ६ जना, ७ कर्मचारी र ४३ खातावालाविरुद्ध मुद्दा दर्ता गरिएको छ । यसरी मुद्दा दायर गरिएकामा तत्कालीन वेस्टर्न बैंक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी, सञ्चालकहरू खड्ग बुढाथोकी, बेगमबहादुुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटा र अर्जुन बुढाथोकी रहेका छन्। वेस्टर्न बैंक मर्जर भएर देवः विकास बैंक भएको थियो। यस्तै मुुख्य दोषी तत्कालीन शाखा प्रबन्धक समीर बुढाथोकी, बैंकका कर्जा विभाग प्रमुुख अनिल न्यौपाने, सीईओ खिमबहादुुर डिसीलगायत छन्।

यस्तै अडिटर प्रेम भुर्तेल, कर्जा सहायक पोषण जैसी, अर्चना केसी, ऋण समिति सदस्य राजेन्द्र न्यौपाने र खातावाला वसन्त बस्नेतविरुद्ध मुुद्दा दर्ता भएको जिल्ला न्यायाधिवक्ता सुशील देवकोटाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दाङले दुई महिना अनुसन्धान गरेर प्राप्त प्रमाणलाई आधार मानी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। यही अनुसन्धानका आधारमा उच्च अदालतमा मुद्दा दर्ता गरिएको हो।

उनीहरूविरुद्ध १८ करोड २ लाख ७२ हजार रुपियाँ बिगो रहेको न्यायाधिवक्ता देवकोटाले जानकारी दिए । देवकोटाले भने, ‘सञ्चालक समितिको चरम लापरबाहीका कारण करोडौं रकम हिनामिना भएको देखिएको छ।’प्रहरी प्रतिवेदनअनुसार बैंकको करोडौं रकम हिनामिनामा सबैको संलग्नता रहेको देखिन्छ। रकम हिनामिनामा सञ्चालक समिति, कर्मचारी र खातावालाहरू मिलोमतो देखिएको प्रहरीको भनाइ छ।

प्रहरीको सूक्ष्म अनुुसन्धानले तत्कालीन बैंक सञ्चालक समितिका पदाधिकारीहरूले बैंकमाथि निगरानी तथा अनुुगमन गर्न नसक्नु, बैंकका सीईओ, कर्जा विभाग प्रमुुखको चरम लापरबाही र चलाखीपन तथा सेवाग्राहीको प्रलोभनका कारण कराडौं रकम हिनामिना भएको देखाएको छ। अब अदालतले बयान लिएर थुनछेकको बहस गर्नेछ। त्यसपछि पुर्पक्षका लागि कारागार पठाउने या धरौटीमा छोड्ने भन्ने आदेश हुनेछ।

यो घटनामा संलग्न बैंकका शाखा प्रमुख समीर बुढाथोकीसहित चार कर्मचारी र आठ जना खातावाल व्यक्ति हिरासतमा छन्। बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ। गएको भदौ ३ गते बैंकका शाखा प्रमुख बुढाथोकीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गर्दै जाँदा अन्य कर्मचारी र सेवाग्राही तानिएका हुन्। नेपाल प्रहरी, राष्ट्र बैंक र सीआईबीले घटनाको अनुसन्धान गरेका थिए। नेपाल समाचारपत्र दैनिकबाट