२४ भाद्र २०८३, बुधबार
,
Latest
पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ



अ+ अ-

काठमाडौँ।  बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ? ख्याल गर्नुहोला यस्ता घटना अहिले नेपालमा भइरहेका छन् । त्यस्ता ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

हालै काठमाडौँमा यस्तै घटना सार्वजनिक भएको छ । आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनि अङ्ग्रेजी भाषामा बोली प्रिन्स तमाङ नाम बताउने टिकटक आइडीबाट आफ्नो अनुहारसमेत नदेखाइ कुराकानीपश्चात् पीडितलाई विवाह गरी अमेरिका लैजाने प्रलोभन देखाएर ठगी भएको घटना बाहिरिएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार उनले आफ्नो बहिनी भन्दै सरगम तमाङको ह्वाट्स एपमा कुराकानी गर्न लगाई पटकपटक गरी रु १५ लाख बढी रकम ठगी गरेको पाइएको हो ।

पीडितले दिएको निवेदनका आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट खुल्न आएका प्रिन्स तमाङ भन्ने सञ्जिव नेपाली र बहिनी सरगम तमाङ भएर कुराकानी गरी ठगी गर्ने कार्यमा संलग्न उनकै श्रीमती अनुष्का भन्ने सरिता पराजुली रहेको खुलेको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

ब्युरोबाट खटिएको प्रहरी टोलीले स्याङ्जा घर भई काठमाडौँको माछापोखरी बस्ने नेपाली र पराजुलीलाई मङ्गलबार पक्राउ गरी विद्युतीय माध्यमसम्बद्ध ठगी अपराध मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको गिरीले बताउनुभयो ।

आजै अदालतले उनीहरूलाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेकाले ब्युरोबाट थप अनुसन्धान अघि बढाइएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले यस्ता घटना घट्ने गरेको भन्दै ठगीबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुरोध गर्नुभएको छ । रासस