२२ श्रावण २०८३, शुक्रबार
,
Latest
पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने संविधान पुनर्लेखन होइन, अभ्यासका आधारमा परिमार्जन आवश्यक छः आङदेम्बे ५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी गंगालाल हृदय केन्द्रको निर्देशकमा प्रा.डा.आशिष गोविन्द अमात्य नियुक्त वर्तमान सरकारले उत्पीडित वर्गको भावना सम्बोधन गर्न सकेनः नेता आङदेम्बे पूर्वाधार विकासमा प्रशासनिक ढिलासुस्ती र समन्वय अभावप्रति रास्वपा सांसदहरूको आपत्ति, नीतिगत सुधारको माग आदिवासी जनजाति र सीमान्तकृतका लागि वागमती प्रदेश सरकार अभिभावक बन्नेछः मुख्यमन्त्री बानियाँ रोजगारी सिर्जनाका लागि सरकार–निजी क्षेत्र सहकार्य गर्ने राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रमैत्री विद्युत ऐनका लागि पहल गर्ने इप्पान अध्यक्ष डाँगीको प्रतिवद्धता



अ+ अ-

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहन डाँगीले निजी क्षेत्रमैत्री विद्युत ऐनका लागि पहल गर्ने बताउनुभएको छ ।

बुधवार संस्थाको कार्यालयमा कार्यभार सम्हाल्दै उहाँले यस्तो प्रविद्धता जनाउनुभएको हो । उहाँले निजी क्षेत्रका समस्या समाधान र नीतिगत सुधारका लागि सक्रिय पहल गर्ने बताउनु भयो ।

उहाँले आफ्नो कार्यकालमा गरिएका प्रतिवद्धताहरूलाई कार्यसमितिबाट पारित गराई व्यवस्थित रूपमा कार्यान्वयन गर्ने बताउनु भयो । अध्यक्ष डाँगीले ऊर्जा क्षेत्रमा विद्यमान समस्याहरूलाई राष्ट्रिय स्तरमा मन्त्रालयसँगको सहकार्य र छलफलबाट समाधान गरिने उल्लेख गर्नुभयो ।

विशेष गरी पछिल्लो समय चर्चामा रहेको १३०० मेगावाटका आयोजनाहरू खारेज हुनसक्ने विषयमा मन्त्रालयसँग आवश्यक संवाद गरी निजी क्षेत्रको हितमा काम गर्ने उहाँको भनाइ थियो ।

विगतका अध्यक्षहरू शैलेन्द्र गुरागाईं, कृष्ण आचार्य र निवर्तमान अध्यक्ष गणेश कार्कीसँग निकट रहेर काम गरेको अनुभवका आधारमा आफूलाई आयोजनाका सर्वेक्षण, निर्माण र उत्पादनका तीनवटै चरणमा भोग्नुपर्ने समस्याबारे पूर्ण जानकारी रहेको उहाँले बताउनु भयो ।

इप्पानमा करिव २५ प्रतिशत सदस्यहरू सौर्य ऊर्जा (सोलार) सँग सम्बन्धित रहेको उल्लेख गर्दै उहाँले सोलार ऊर्जाका समस्या समाधानमा पनि उत्तिकै प्राथमिकता दिने स्पष्ट पार्नुभयो ।

मुलुकमा हाल २०४९ सालको विद्युत ऐन कार्यान्वयनमा रहेको र लामो समयदेखि नयाँ ऐन ल्याउने प्रयास भएपनि सफल हुन नसकेको भन्दै उहाँले यसपटक दुई तिहाइ नजिकको सरकार भएकाले नयाँ ऐन ल्याउन लबिङ्ग गर्ने बताउनु भयो । उक्त ऐनलाई निजी क्षेत्रमैत्री बनाउन आफ्नो तर्फबाट विशेष प्रयत्न रहने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले हाम्रो कार्यकालमा के–के गर्ने भन्ने विषयमा प्रतिवद्धता जाहेर गरेका छौैँ । ती प्रतिवद्धताहरूलाई व्यवस्थित रूपमा सूचीवद्ध गरी कार्यसमितिबाट पारित गराउनेछौँ र सोही अनुसार अगाडि बढ्नेछौँ ।

अहिले समस्याहरू धेरै छन् । ती समस्याहरूलाई व्यापक रूपमा राष्ट्रिय स्तरमा सम्बोधन गर्न मन्त्रालयसँग पनि निरन्तर छलफल भइरहेको छ । सहकार्य र संवादमार्फत समाधान खोज्ने हाम्रो प्रयास रहनेछ । यसैबीच करिव १,३०० मेगावाट क्षमताका आयोजनाहरू खारेज गर्ने विषय पनि उठिरहेको छ ।

यी लगायत समग्र विषयमा म तीन जना अध्यक्षहरूसँग नजिक भएर काम गरिसकेको व्यक्ति हुँ । शैलेन्द्र गुरुङज्यूको कार्यकालदेखि म इपानमा सक्रिय हुन थालेको हुँ । त्यसपछि कृष्ण आचार्यज्यू तथा निवर्तमान अध्यक्ष गणेश कार्कीज्यूसँग पनि नजिक रहेर काम गर्ने अवसर पाएँ ।

त्यसैले समस्याहरू कहाँ छन्, के–के छन् र तिनको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा मलाई पर्याप्त जानकारी छ । अर्को कुरा, हाम्रा आयोजनाहरू मुख्यतः तीन चरणमा हुन्छन्–सर्वेक्षण, निर्माण र उत्पादन । यी प्रत्येक चरणमा फरक–फरक प्रकारका समस्याहरू छन् । साथै, हाल इपानका सदस्यहरूमध्ये उल्लेखनीय संख्या सौर्य ऊर्जासँग सम्बन्धित हुनुहुन्छ । यकिन तथ्यांक अहिले मसँग छैन, तर करिब २५ प्रतिशत सदस्यहरू सोलार क्षेत्रका हुनुहुन्छ ।

सोलार क्षेत्रका समस्यादेखि अन्य सबै समस्यासम्मका विषयमा म पहिलेदेखि नै सक्रिय रूपमा लागिरहेको हुँदा सबै पक्षबारे जानकार छु । त्यसैले सबै समस्याको समाधान गर्ने दिशामा काम गर्नेछौँ । विशेषगरी, २०४९ सालमा आएको विद्युत ऐनकै आधारमा हामीले अहिलेसम्म काम गरिरहेका छौँ । नयाँ विद्युत ऐन पटक–पटक आउने चर्चा भए पनि अन्तिम चरणमा पुगेर पनि पारित हुन सकेको छैन । गत कार्यकालमा पनि लगभग पारित हुने अवस्थामा पुगेको थियो, तर रोकियो ।

अहिले दुईतिहाइ नजिकको सरकार भएकाले ऐन–कानुन निर्माणको प्रक्रिया अघि बढ्ने अपेक्षा छ । त्यसकारण हामी निजी क्षेत्रमैत्री विद्युत ऐन निर्माणका लागि आवश्यक लबिङ गर्नेछौँ र यसलाई निजी क्षेत्रको हितअनुकूल बनाउन हरसम्भव प्रयास गर्नेछौँ । यहाँहरूको साथ र सहयोगको अपेक्षा गर्दछु । विशेषगरी निवर्तमान अध्यक्षज्यूको कार्यकालमा इपानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक ब्राण्डिङ भएको छ । त्यो प्रतिष्ठा र साखलाई जोगाउँदै अझ सुदृढ बनाउने दिशामा हामी अघि बढ्नेछौँ ।’

संस्थालाई सामूहिक नेतृत्वको भावना अनुरूप कार्यविभाजन गरी अगाडि बढाउने बताउँदै उहाँले सञ्चार क्षेत्रको साथ र सहयोगका लागि पत्रकारहरूप्रति आभार समेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल




भर्खरै