१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नेपाल वायुसेवा निगमलाई उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको छः पर्यटनमन्त्री पौडेल

नेपाल वायुसेवा निगमलाई उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको छः पर्यटनमन्त्री पौडेल
अ अ+ अ-

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमलाई माथि उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको बताउनुभएको छ ।

निगम दुर्गतिमा फसेको उल्लेख गर्दै उहाँले त्यसलाई उकास्नका लागि सरकारले संरचनागत रुपमा नै आमूल सुधार गर्नका लागि राष्ट्रिय बहसमार्फत उपयुक्त मोडलको खोजी गरिरहेको स्पष्ट पार्नुभयो ।

बुधवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथिको सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पौडेलले निगम पखेटा घाइते भएका चराजस्तो भएको उल्लेख गर्दै त्यसलाई सुधारको बाटोमा अघि बढाउनका लागि सरकार प्रयासरत रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल वायु सेवा निगमको विषममा पनि सुन्दर कुरा उठाइएकोछ । त्यहाँको समस्या बजेटले सम्बोधन गर्ने विषय होइन । तर हामीले नियमन र अनुगमन भने गर्दछौँ । हामीले चुनाव भन्दा अगाडि पनि र चुनाव भन्दा पछाडि पनि र सरकार गठन भएपछि पनि, सरकारको नीति तथा कार्यक्रममा पनि सम्बोधन गरेको विषय के हो भने नेपाल वायु सेवा निगमको अव सुदृढिकरण गर्नु पर्दछ । त्यसलाई जुनसुकै मोडलमा एउटा राष्ट्रिय ध्वजाबाहकको दुर्गती हुँदै गईरहेको छ । ६५ अर्व भन्दा बढिको ऋण छ । वर्षैपिच्छे २ अर्वभन्दा बढि ऋण थपिएको थपिएको नै छ ।’

मन्त्री पौडेलले सरकारले निजी क्षेत्रसहितको सहभागितामा नेपाल वायुसेवा निगमलाई उकास्ने गरी योजना तर्जुमा गर्ने कामलाई अघि बढाएको पनि बताउनु भयो ।