१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

रसायनिक मलको परनिर्भरता कम गर्दै लगिनेछः मन्त्री चौधरी

रसायनिक मलको परनिर्भरता कम गर्दै लगिनेछः मन्त्री चौधरी
अ अ+ अ-

काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रसायनिक मलको परनिर्भरता कम गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बुधवार आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले रसायनिक मलको परनिर्भरता कम गर्नका लागि सरकारले जैविक, प्राङगारिक मलको उपयोग बढाउन आवश्यक बजेटको समेत व्यवस्था गरेको बताउनु भयो ।

त्यसैगरी मन्त्री चौधरीले मलको लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता अर्थ मन्त्रालयले जनाएको जानकारी समेत दिनुभयो । उहाँले मलको वितरणलाई पारदर्शी बनाउनका लागि तीन वटै तहको सरकारले सहकार्य गरेर अघि बढने व्यवस्था गरिएको पनि स्मरण गराउनु भयो । मन्त्री चौधरीले आगामी आर्थिक वर्षको मलको आपूर्ति र व्यवस्थापन कार्ययोजना पनि तयार भइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रसायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवद्र्धनका लागि मन्त्रालयले जैविक, प्राङगारिक मलको उपयोग बढाउन आवश्यक बजेटको विनियोजन गरेको जानकारी गराउन चाहन्छु । प्राङगारिक मलमा अनुदानका लागि संघमा ३५ करोड र प्रदेशमा ससर्त अनुसार ११ करोड २४ लाख बजेट प्रस्ताव गरिएको छ । आगामी आर्थिक वर्षमा रसायनिक मल आपूर्तिका लागि ३२ अर्व ४६ करोड रकम विनियोजन गरिएको छ । मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयले आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिवद्धता पनि प्राप्त भएको व्यहोरा माननीय सदस्यहरुलाई जानकारी गराउन चाहन्छु । साथै आगामी आर्थिक वर्षको मलको आपूर्ति तथा व्यवस्थापन कार्ययोजना समेत तयार भईसकेको जानकारी गराउन चाहन्छु । मल वितरणमा संघ, प्रदेश र स्थानीय तहको बराबरी सहभागिताको पनि व्यवस्था गरिएको छ ।’

मन्त्री चौधरीले सरकारले किसानलाई राहत दिनका लागि आवश्यक अनुदान बजेटको पनि व्यवस्था गरेको बताउनु भयो ।