१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिमा शव जलाउनेलाई एउटा शवको एक हजार पाँच सय



अ+ अ-

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सेवासुविधा वृद्धि गरेपछि आर्यघाटमा शवदाह गर्ने कामदारहरूले आन्दोलन फिर्ता लिएका छन्। बुधबार बिहानदेखी सेवा, सुविधा वृद्धिको माग राख्दै कामदारले शव जलाउन, दाउरा ओसार्न र खाल्डो खन्ने काम ठप्प पारेका थिए।

आन्दोलनरत कामदार र कोषबीच भएको वार्तामा सेवा सुविधा वृद्धि गर्ने सहमति भएपछि आन्दोलन फिर्ता भएको हो।

‘एउटा शव जलाएबापत कामदारले एक हजार दुई सय रुपैयाँ पाउँदै आएका थिए। तीन सय रुपैयाँ वृद्धि गरेर एक हजार पाँच सय रुपैयाँ पुर्‍याइएको छ,’ ढकालले भने, ‘अवकाश हुँदा उपदानबापत एक लाख ५० हजार रुपैयाँ पाउने गरेका कामदारले अबदेखि पाँच लाख रुपैयाँ पाउनेछन्।

‘उहाँहरूको मुख्य माग अवकाश हुँदा पाउने रकम दस लाख रुपैयाँ पुर्यानुपर्छ भन्ने थियो,’ उनले भने, ‘हामीले पाँच लाख रुपैयाँ पुर्याएका छौं।’ कोषले आठ वर्षपछि कामदारको सेवा सुविधा बृद्धि गरेको हो।

मंगलबार साँझदेखि कामदारहरूले सूचना र कालो ब्यानर टाँसेर माग पूरा नभए बुधबार बिहानदेखि अनिश्चितकालीन काम ठप्प गर्ने बताएका थिए।