७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली राजनितीबारे नेम्वाङले गरे यस्तो खास कुरा !



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्वाङले राजनीतिज्ञमा प्रष्ट वैचारिक दृष्टिकोण, सामाजिक आदर्श र निष्ठाको खाँचो रहेको बताउनुभएको छ । चन्द्रबहादुर गुरुङ स्मृति अध्ययन प्रतिष्ठानले चन्द्रबहादुर गुरुङको चौंथो स्मृतिसभामा आज आयोजित कार्यक्रममा उहाँले तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री गुरुङले संविधानसभामा फरक मत राखेर पनि संविधान निर्माणमा सहयोग गर्नुभएको बताउनुभयो ।

पहिलो संविधानसभामा उक्त पार्टीको नेतृत्व गर्नुभएका गुरुङले धर्मलगायत विषयमा फरक मत प्रकट गरेर पनि बहुमतलाई सम्मान गर्दै देशमा राजनीतिक स्थिरताको वातावरण तयार गर्न भूमिका निर्वाह गर्नुभएको पूर्व सभामुख नेम्वाङको भनाइ थियो । पार्टीका अध्यक्ष कमल थापाले राजनीतिमा अहिले अपराधीकरण बढेर गएको र शक्ति तथा सत्ताका लागि अमानवीय तरिकाले हत्या हिंसाका घटना भइरहेकाले त्यस्ता घटनालाई नियन्त्रण गर्न सरकार संवेशदनशील हुनुपर्नेमा जोड दिनुभयो । मुलुकको विकास र समृद्धिका लागि उद्योगको विस्तार गरी उत्पादन बढाउनुपर्नेमा उहाँले जोड दिनुभयोे ।
नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले गुरुङको राजनीतिक निष्ठालाई सम्मान गर्नुपर्ने बताउँदै देशको राष्ट्रियताको पक्षमा सबै दलको साँझा मत हुनुपर्छ भन्ने वैचारिक चिन्तनबाट गुरुङ निर्देशित हुुनुहुन्थ्यो भन्नुभयो । समाजसेवा, खेलकूद र राजनीतिक क्षेत्रमा गुरुङको योगदान उल्लेखनीय रहेको अन्य सहभागीहरूले त्यसबखत बताएका थिए ।