११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर आग्रह

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर आग्रह
अ अ+ अ-

ललितपुर। ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा आगामी वर्षको नीति तथा कार्यक्रममा १० वर्षको महानगर गुरुयोजना समेट्न ललितपुर महानगरलाई सांसदहरूले आग्रह गरेका छन् ।

ललितपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा सङ्घीय संसद् र प्रदेशसभा सदस्यसँगको छलफल कार्यक्रममा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य जगदीश खरेलले ७५३ स्थानीय तहमध्ये ललितपुरले समग्र रूपमा राम्रो काम गरेको भन्दै जनताको आर्थिकस्तर अभिवृद्धि गर्ने कुरामा हस्तकला र पर्यटनलाई प्रवद्र्धन गर्ने कुरामा ध्यान दिन आग्रह गर्नुभएको हो ।

“सङ्घीय बजेट निर्माणमा महानगरले हामीलाई पनि सुझाव दिएको भए राम्रो हुन्थ्यो, सङ्घीय बजेटमा ललितपुरलाई हामीले बजेट ल्याउन नसकेकै हो, अर्को आर्थिक वर्षमा ललितपुरलाई बजेट पार्न प्रयास गर्नेछौँ, सङ्घीय सरकारबाट निर्वाह गर्नुपर्ने भूमिका बारेमा ध्यान दिन्छौँ, नीतिगत सहजीकरण, सार्वजनिक खरिद ऐन संशोधनमा ध्यान दिन्छौँ,” प्रतिनिधिसभा सदस्य खरेलले भन्नुभयो ।

प्रतिनिधिसभा सदस्य प्रभा कार्कीले ललितपुरले गरेको राम्रो कामको प्रशंसा गर्दै जनताको दैनिक जीवनमा परिवर्तनमा ध्यान दिनुपर्ने, महानगरभित्र पार्किङको असुविधा रहेकाले सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले मानिस हिँड्ने पेटीमा रूख रोप्नेभन्दा पनि व्यवस्थापन गरेर मात्रै गरिनुपर्छ भन्नुभयो ।

बागमती प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले सङ्घ र प्रदेशबाट छुटिएको बजेट भए पनि स्थानीय तहबाट नै कार्यान्वयन हुने हो भन्दै सम्पदा संरक्षण र पोखरी निर्माणमा निरन्तरता दिन, अधुरो योजना पूर गर्न, सङ्घ र प्रदेशले बजेट छुट्याएको ठाउँमा दोहोरो नपर्ने गरी बजेट निर्माण गर्न आग्रह गर्नुभयो ।

बागमती प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य प्रेमभक्त महर्जनले बागमती प्रदेशले काष्ठकला, हस्तकलाको विषयलाई अगाडि बढाउनेतिर जोड दिएको जानकारी गराउँदै ऐतिहासिक सहरका रूपमा रहेको खोकना र बुँगमतीलाई संरक्षण र विकास गर्नेतर्फ बजेटमा ध्यान दिन आग्रह गर्नुभयो ।

सुझाव दिने क्रममा सांसदहरूले आर्थिक समृद्धिलाई विशेष जोड दिन, युवा केन्द्रित नवप्रवर्तनमा आधारित रोजगारी सृजना गर्न, डिजिटल नेपाल निर्माणमा सङ्घीय सरकारभन्दा ललितपुर महानगर अगाडि छ भन्ने भान दिन, अरनिकोको जन्मस्थल परिचित गराउन र चीनका पर्यटक नेपाल आएपछि अरनिको जन्मस्थल अनिवार्य पुग्ने वातावरण तयार पार्न आग्रह गर्नुभयो ।

जनताको दैनिक जीवनस्तर र आयस्रोतमा वृद्धि गर्न, उत्पादनमा जोड्ने र रोजगार वृद्धि गर्नेतिर ध्यान दिएर बजेट बनाउन, सामुदायिक विद्यालयप्रति भरोसा जगाउने गरी स्थानीय विद्यार्थीलाई आकर्षित गराउन र संस्थागत विद्यालयलाई प्रभावकारी नियमन गर्नेगरी बजेट ल्याउन सुझावसहित महानगरले कृषि क्षेत्रमा ध्यान दिन नसकेको भन्दै अलि ध्यान दिएर कृषि क्षेत्रका लागि बजेट राखिनुपर्छ भन्नेमा उहाँहरूको जोड थियो ।

सो अवसरमा महानगरप्रमुख चिरीबाबु महर्जनले शिक्षाको क्षेत्रमा महानगरले धेरै राम्रो काम गरेको जानकारी गराउँदै सार्वजनिक सुनुवाइ गरेर जनताको गुनासो सम्बोधन र सुझाव लिने गरेका छौँ भन्नुभयो । उहाँले आगामी आर्थिक वर्षमा बिरामीले फोन गर्ने बित्तिकै सेवा दिने गरी डक्टर र नर्ससहितको एम्बुलेन्स सेवा सुरुआत बताउनुभयो । उहाँले आफ्नो नौवर्षे कार्यकालमा १७१ वटा फल्चा पार्टी बनाएको, भगिनी सम्बन्ध कायम गरेको कोरियाली नगरपालिकाको मुख्य केन्द्रमा पनि निर्माण गर्नेगरी प्रक्रिया अगाडि बढाएको, ललितपुर महानगरको २५१ स्थानमा ट्राफिक लाइट राख्नुपर्ने भएकाले यसलाई निरन्तरता दिने जानकारी गराउनुभयो ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले संविधानको मूल मर्मलाई आत्मसात् गर्दै समन्वय, सहकार्य र सहअस्तित्वलाई जोड दिँदै रचनात्मक सुझाव कार्यान्वयनलाई ध्यान दिन्छौँ भन्नुभयो । उहाँले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा सङ्घीय र प्रदेश सांसदहरूसँग समन्वय र सहकार्य गर्ने जानकारी गराउनुभयो । रासस