१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिवसहित नौजना प्रहरी नि’यन्त्रणमा



अ+ अ-

इलाम । जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नि’यन्त्रणमा लिएको छ ।

आफ्नो पार्टीको ६४औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने क्रममा प्रहरीले उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोर्चाका केन्द्रीय सचिव धनबहादुर विश्वकर्मा (धमला), पार्टीको महिला सङ्घ केन्द्रीय अध्यक्ष कविरमाया सावा, इलाम जिल्ला अध्यक्ष विजय आङदम्बे, सचिव मनकुमार माखिम, कोषाध्यक्ष मैतराज लिम्बू, जिल्ला सदस्य कमल लकान्द्री, वृजराज चोङवाङ, अजाहाङ लिम्बुू र हर्कप्रसाद नेम्वाङ रहेका छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक एसपी हीराबहादुर पाण्डेले शान्ति सुरक्षामा आच आउने काम गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । मोर्चाका कार्यकर्ताले जिल्लाका सरकारी कार्यालयलगायतका स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राखेका थिए ।