१४ भाद्र २०८३, आईतवार
,
Latest
मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी



अ+ अ-

काठमाडाैँ । झापामा आयोजना भएको ‘बिर्तामोड रोजगार मेला’ मार्फत १६४ युवाले रोजगारी प्राप्त गरेका छन् । . काम गर्न इच्छुक एक हजार ७६ आवेदकले निवेदन दर्ता गराएकामध्ये पहिलो चरणमै १६४ व्यक्तिले रोजगारी प्राप्त गरेका हुन् ।

बिर्तामोड नगरपालिकाले आयोजना गरेको दुईदिने उक्त मेला रोजगारदाता र बेरोजगार व्यक्तिबीच प्रत्यक्ष समन्वय गराउने उद्देश्यले भएको नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिनुभयो । मेलामा विभिन्न क्षेत्रका २५ रोजगारदाता सङ्घसंस्थाका प्रतिनिधिले सहभागिता जनाएका थिए ।

एक हजारभन्दा बढी आवेदकलाई आगामी दिनमा थप रोजगारीका अवसरसँग जोड्न पहल गरिने बिर्तामोड उद्योग वाणिज्य सङ्घले जनाएको छ । बिर्तामोडस्थित अतिथि सदनमा शनिबारदेखि सुरु भएको मेलामा दुई हजार ८७१ जनाले अवलोकन गरेको बिर्तामोड उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष निर्मल भट्टराईले जानकारी दिनुभयो ।