१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिङ्गो गाउँ व्यावसायिक कृषिमा



अ+ अ-

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलको सिङ्गो गाउँ व्यावसायिक कृषिमा संलग्न भएको छ । बाख्रापालन तथा गोलभेडा, काउली, सिमिलगायतका तरकारी खेतीमा सिङ्गो गाउँ नै संलग्न भएको हो । ५ नं प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित ‘स्मार्ट कृषि गाउँ कार्यक्रम समूह’ अन्तर्गत किसान व्यावसायिक कृषिमा आवद्ध भएका हुन् ।

कार्यक्रमबाट अहिले गाउँका ५० घरका तीनसय जनसङ्ख्या लाभाम्वित भएका छन् । अहिले गाउँमा २५० बाख्रा र १०० रोपनी जग्गामा व्यावसायिक कृषिखेती गरिँदै आएको छ । भक्तबहादुर पाण्डे नेपाली सेनाका अवकाश प्राप्त व्यक्ति हुन् । रोजगारीकै लागि १८ महीना साउदी बसे । त्यसपछि घर फर्केर बाख्रापालनमा लागे । दुई हजार ५०० मा पाठी किनेर बाख्रापालन शुरु गरेका पाण्डेकोमा अहिले ४४ बाख्रा छन् ।

यस्तै रजस्थलकै ६३ वर्र्षका प्रेमबहादुर कुवँरले चार रोपनी जग्गामा व्यावसायिक तरकारी खेती शुरु गरेका छन् । भर्खरै एक क्वीन्टल गोलभेडा, १० क्वीन्टल आलु, काउली र खुर्सानी बिक्री गरेको कुँवरले बताउनुभयो । उनी बुढेसकालमा शुरु गरेको कृषि कर्मले घरखर्च चलेकोमा खुशी छन् । ‘घरखर्च चल्छ, कसैसँग माग्नु पर्दैन्,’ उहाँले भन्नुभयो, “स्मार्ट कृषि गाउँ समूह कार्यक्रमले सन्तोष दिलाएको छ ।”

यता गाउँमा कृषि गर्नेका पनि आफ्नै समस्या छन् । विशेषगरी उत्पादित कृषिजन्य सामग्रीले बजार नपाउनु, उचित मूल्य नपाउनु, बिचौलिया मौलाउनुलगायतका समस्या छन् । बाख्रा व्यवसायी थम्मनबहादुर टण्डनले उत्पादित वस्तुले उचित मूल्य नपाउँदा समस्या भएको गुनासो पोखे ।
त्यस्तै तरकारी तथा पशुपालक थम्मन टण्डनले बजार नै आफूहरुको प्रमुख समस्या भएको बताए । ‘उत्पादन राम्रो गरे पनि बजारीकरणको समस्या छ ।’ उनले भने, “त्यसैमाथि उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् ।” उनले गाउँपालिकाले पैँचो पसल भनेर सस्तो पसल सञ्चालन गरेर किसानलाई धोका दिएको समेत गुनासो गरे ।
धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले किसानहरुको उत्पादनको उचित मूल्यसहित बजारीकरणको व्यवस्था गरिने बताउनुभयो । भर्खर मात्र पैँचो पसल स्थापना गरिएको र पैँचो पसलले किसानका उत्पादन खरीद गर्ने उहाँको भनाइ छ । उहाँले किसानले उत्पादन बढाउनुपर्ने र त्यसको बजारीकरण तम्घासमा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।