काठमाडौं । सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेवार समुदायको भाइटीका (किजा पूजा) को लागि सार्वजनिक बिदा दिएको हो ।
बिहीबार गृह मन्त्रालयले भाइटीकाको भोलिपल्ट कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नेवार समुदायले किजा पूजाको दिन भाइटीका मनाउने भएकाले त्यसदिन बिदा दिन अनुरोध आइरहेकोमा निर्णय भएको हो । तिथिअनुसार कात्तिक १२ गते भाइटिका छ।
पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कात्तिक १३ गते बिदा दिने निर्णय गरेको थियो।









