१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा परिचालन कार्यक्रम पहिचान गर्न समिति गठन



अ+ अ-

काठमाडौं । सरकारले युवा परिचालनका लागि कार्यक्रम पहिचान गर्न युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा समिति गठन गरेको छ । सरकारले यस आर्थिक वर्षलाई युवा परिचालन वर्ष मनाउने निर्णय गरेसँगै युवालाई कसरी, कुन कुन क्षेत्रमा परिचालन गर्ने भन्नका लागि समिति गठन गरिएको मन्त्रालयका युवा परिचालन तदर्थ परामर्श शाखाका प्रमुख कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो ।

समितिमा राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत सदस्य–सचिव रहेको समितिमा युवा तथा खेलकूद मन्त्रालयका सहसचिव र युवाका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सदस्य रहेका छन् । उहाँका अनुसार समितिले आगामी मङ्सीर १५ गतेभित्र युवा परिचालन वर्षमा युवालाई कुन–कुन क्षेत्रमा परिचालन गर्ने भनेर प्रतिवेदन तयार पार्नेछ ।

समितिले तयार पारेको आधारमा नै युवालाई परिचालन गरिने सरकारको तयारी रहेको छ । उहाँले आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा युवालाई परिचालन गरिने समेत जानकारी गराउनुभयो । ‘‘युवा आफैँले कुन–कुन क्षेत्रमा काम गर्न इच्छुक छन् । सोही आधारमा उनीहरुलाई परिचालन गरिनेछ’’ उहाँले भन्नुभयो,“ यस आर्थिक वर्षको कम्तीमा तीन÷चार महीना भए पनि युवालाई परिचालन गर्ने तयारी रहेको छ ।”

सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम र बजेटमार्फत युवाको जाँगर, समृद्धिको आधारलाई सार्थक तुल्याउन युवा परिचालन वर्षको रुपमा सरकारले मनाउने तयारी गरेको छ । सरकारले प्रदेश र स्थानीय तहको सहकार्यमा शैक्षिक संस्था, नेपाल स्काउट, राष्ट्रिय युवा परिषद् र विभिन्न गैरसरकारी संस्थाबाट युवा परिचालनमार्फत् लैङ्गिक, जातीय र छुवाछुतलगायत सामाजिक विभेद्को अन्त्य गर्न जनचेतना जगाउने जस्ता कार्य, मानवीय सेवा, विपद् व्यवस्थापन, वातावरण संरक्षण र वृक्षरोपणजस्ता कार्य गर्ने सरकारको तयारी रहेको छ ।