१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जनताको सम्पत्तिमाथिको अधिकार खोस्दैछ– सहमहामन्त्री डा.महत



अ+ अ-


सिन्धुपाल्चोक । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारले जनविरोधी कानूनहरु ल्याएर लोकतान्त्रिक शासन व्यवस्थाको धज्जी उडाउन खोजेको आरोप लगाएका छन् ।


नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र न १ द्वारा बिजया दशमी, दीपावली, नेपाल सम्बत तथा छठ् पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले भने– वर्तमान सरकारले जनविरोधी काम गरेको आरोप लगाए ।


वर्तमान सरकारले सम्पत्तिमाथिको जनताको अधिकार खोस्न लागेको बताए । उनले भने ‘अब नेपाली नागरिकले आफ्नै बाउ आमाको सम्पत्ति पनि उनीहरुको सेखपछि किन्नुपर्ने कानुन ल्याउँदैछ यसबाट नागरिकको सम्पत्तिसम्बन्धी अधिकार हनन् हुदैछ ।


डा.महतले भने– जनताको भौतिक सम्पत्तिमाथिको अधिकार खोस्नेसम्बन्धी कानूनको मस्यौदा सरकारले गरेको छ, त्यो थाहा पाएर नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई उहाँको निवासमै गएर ध्यानाकर्षण गराएपछि अहिले सरकार पछि हच्किएको छ, तर यसले त्यो कानून ल्याउने तयारी भित्रभित्रै गरिरहेको हामीले बुझेका छौँ ।


नेपाली काँग्रेसले यस्ता जनविरोधी कानुनको सख्त विरोध गरेको भन्दै लोकतन्त्रमाथि नै धावा बोल्नेगरी जसरी सरकारले काम गरिरहेको छ त्यसको कडा विरोध गरिरहेको उनले बताए ।
नेकपाले आफ्नो सरकार बनेपछि देशमा स्थीरता आउने र समृद्ध हुने भनी बाँडेका सपनाहरु निरर्थक रहेको उनको तर्क थियो । डा.महतले भने– देशमा वैदेशिक एवम् स्वदेशी समेतको लगानी घटिरहेकोले सरकारको समृद्धिको सपना पूरा नहुने बताए ।


उनको प्रश्न थियो– किन घटिरहेको छ विदेशी लगानी ? किन विश्वास गरेका छैनन् विश्व समुदायले नेपालको वर्तमान सरकारलाई भनेर कस्लो हेर्ने ? अनि लगानी नै नबढेपछि उद्योधन्दा नै स्थापना नभएपछि कसरी रोजगारीको अवस्था सिर्जना हुन्छ अनि देशमा समृद्धि कसरी आउँछ ?
नेपाली काँग्रेसको सरकारको नेतृत्वमा देशमा धेरै काम भएको भए पनि काँग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसकेको उनले बताए ।


उनको भनाई थियो– तर कम्युनिष्टले जस्तो काँग्रेसले आफूले गर्दै नगरेका कामको पनि जस लिन खोज्ने र दुष्प्रचार गर्ने काम कहिल्यै गर्दैन, जनताले बुझेकै छन्, त्यस्तो दुष्प्रचार हामीलाई चाहिँदैन ।
सो कार्यक्रमका बिशिस्ट अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले वर्तमान सरकारको अधिनायकवादी शैलीको नेपाली काँग्रेसले भण्डाफोर गर्नुपर्ने बताए ।


उनले भने– यो सरकारको अधिनायकवादी शैलीको अब भण्डाफोर गर्नुपर्छ नत्र लोकतन्त्रप्रेमी जनतामा यसले ठूलो त्रास छाउने छ ।