१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

सरकारले जनताको सम्पत्तिमाथिको अधिकार खोस्दैछ– सहमहामन्त्री डा.महत

सरकारले जनताको सम्पत्तिमाथिको अधिकार खोस्दैछ– सहमहामन्त्री डा.महत
अ अ+ अ-


सिन्धुपाल्चोक । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारले जनविरोधी कानूनहरु ल्याएर लोकतान्त्रिक शासन व्यवस्थाको धज्जी उडाउन खोजेको आरोप लगाएका छन् ।


नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र न १ द्वारा बिजया दशमी, दीपावली, नेपाल सम्बत तथा छठ् पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले भने– वर्तमान सरकारले जनविरोधी काम गरेको आरोप लगाए ।


वर्तमान सरकारले सम्पत्तिमाथिको जनताको अधिकार खोस्न लागेको बताए । उनले भने ‘अब नेपाली नागरिकले आफ्नै बाउ आमाको सम्पत्ति पनि उनीहरुको सेखपछि किन्नुपर्ने कानुन ल्याउँदैछ यसबाट नागरिकको सम्पत्तिसम्बन्धी अधिकार हनन् हुदैछ ।


डा.महतले भने– जनताको भौतिक सम्पत्तिमाथिको अधिकार खोस्नेसम्बन्धी कानूनको मस्यौदा सरकारले गरेको छ, त्यो थाहा पाएर नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई उहाँको निवासमै गएर ध्यानाकर्षण गराएपछि अहिले सरकार पछि हच्किएको छ, तर यसले त्यो कानून ल्याउने तयारी भित्रभित्रै गरिरहेको हामीले बुझेका छौँ ।


नेपाली काँग्रेसले यस्ता जनविरोधी कानुनको सख्त विरोध गरेको भन्दै लोकतन्त्रमाथि नै धावा बोल्नेगरी जसरी सरकारले काम गरिरहेको छ त्यसको कडा विरोध गरिरहेको उनले बताए ।
नेकपाले आफ्नो सरकार बनेपछि देशमा स्थीरता आउने र समृद्ध हुने भनी बाँडेका सपनाहरु निरर्थक रहेको उनको तर्क थियो । डा.महतले भने– देशमा वैदेशिक एवम् स्वदेशी समेतको लगानी घटिरहेकोले सरकारको समृद्धिको सपना पूरा नहुने बताए ।


उनको प्रश्न थियो– किन घटिरहेको छ विदेशी लगानी ? किन विश्वास गरेका छैनन् विश्व समुदायले नेपालको वर्तमान सरकारलाई भनेर कस्लो हेर्ने ? अनि लगानी नै नबढेपछि उद्योधन्दा नै स्थापना नभएपछि कसरी रोजगारीको अवस्था सिर्जना हुन्छ अनि देशमा समृद्धि कसरी आउँछ ?
नेपाली काँग्रेसको सरकारको नेतृत्वमा देशमा धेरै काम भएको भए पनि काँग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसकेको उनले बताए ।


उनको भनाई थियो– तर कम्युनिष्टले जस्तो काँग्रेसले आफूले गर्दै नगरेका कामको पनि जस लिन खोज्ने र दुष्प्रचार गर्ने काम कहिल्यै गर्दैन, जनताले बुझेकै छन्, त्यस्तो दुष्प्रचार हामीलाई चाहिँदैन ।
सो कार्यक्रमका बिशिस्ट अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले वर्तमान सरकारको अधिनायकवादी शैलीको नेपाली काँग्रेसले भण्डाफोर गर्नुपर्ने बताए ।


उनले भने– यो सरकारको अधिनायकवादी शैलीको अब भण्डाफोर गर्नुपर्छ नत्र लोकतन्त्रप्रेमी जनतामा यसले ठूलो त्रास छाउने छ ।