१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

“संविधान मानेर हिंसा छाडे खेल खत्तम, केको प्रतिबन्ध र कार्यकर्ता रिहाइ”



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहलाई सरकारका प्रवक्ता एवम सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संविधान मानेर हिंसा छाडे खेल खत्तम हुने बताएका छन्।

विप्लवले आफ्ना कार्यकर्तालाई रिहा गर्दै आफ्नो समुहलाई प्रतिबन्ध हटाए वार्ता गर्ने सर्त राखेको प्रसंगमा बाँस्कोटाले छदमभेषी कुराका पछि सरकार नलाग्ने प्रतिक्रिया दिए।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले भने, ‘छदमभेषी कुराका पछि सरकार लाग्दैन। जाँतो घुमेजस्तो। संविधान मानेर हिंसा छाडे खेल खत्तम, केको प्रतिबन्ध र कार्यकर्ता रिहाइका कुरा।’

संविधानले दिएको राजनीतिक अधिकारअनुसार विप्लवले हिंसा छाड्ने हो भने प्रतिबन्ध हटाइराख्नु नपर्ने उनले बताए। ‘हिंसा मच्चाउने, विकास र प्रगतिको बाटो अवरूद्ध गर्न चन्दा संकलन अभियान चलाउन खोज्नेजस्ता राष्ट्रघाती कदम भएका छन्।

हामीले धेरै हिंसा देखिसक्यौं। हिंसा छाडेर शान्ति रोजौं,’ उनले भने।