काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले सार्वजनिक गरेको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको हुन्।

सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिनेलगायत विभिन्न १७ निर्णय गरेको छ। ‘किजा पूजाको अवसरमा २०७६ कात्तिक १३ गते बुधबारका दिन सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था शिक्षण संस्थाहरुसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ’, मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ।
२०७६ कात्तिक ५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जस्ताका तस्तै










