१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मित्र राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ’



अ+ अ-

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले मित्र राष्ट्रसँग मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । आज यहाँको सूर्योदय नगरपालिकामा भएको एक कार्यक्रममा नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकसँग अझै सुमधुर सम्बन्ध बनाउँदै जानुपर्ने खनालले बताउनुभयो ।

नेपाल भ्रमण वर्ष मनाउन इलामको पर्यटकीय क्षेत्र जानका लागि सूर्योदय आइपुग्नुभएका खनालले जिल्लाको पर्यटकीय विकास गर्नका लागि पनि स्थानीय वस्तुको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाको चिया, अदुवालगायतका कृषिजन्य वस्तुको प्रचार गरेर आर्थिक आम्दानी बढाउनुपर्ने बताउनुभयो ।

सन्दकपुरको प्रचारका लागि खनाल शुक्रबार नै सन्दकपुर जानुहुने भएको छ । खनालका साथमा साउदी अरेबियालगायत विभिन्न राष्ट्रका राजदूतसमेत सन्दकपुर जाँदै हुनुहुन्छ ।