३० श्रावण २०८३, शनिबार
,
Latest
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि



अ+ अ-

काठमाडौँ। रिटेल ग्रुप मलेसिया (आरजीएम) काअनुसार सन् २०२६ को पहिलो त्रैमासिकमा मलेसियाको खुद्रा क्षेत्रले गत वर्षको सोही अवधिको तुलनामा ३.७ प्रतिशतको खुद्रा विक्री वृद्धि दर्ता गरेको छ । यो वृद्धि गत मार्चमा खुद्रा व्यवसायीहरूले अनुमान गरेको ४.४ प्रतिशतको वृद्धिको तुलनामा कम हो ।

फेब्रुअरी महिनामा चिनियाँ नयाँ वर्ष र मार्चमा ईद–उल–फित्रका साथै सरकारको नगद सहायता कार्यक्रमहरूले खुद्रा खर्च बढाउन सहयोग पुर्याएको आरजीएमले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

भविष्यतर्फ हेर्दा, खुद्रा व्यवसायीहरूले दोस्रो त्रैमासिकमा व्यवसायिक वृद्धि ४.८ प्रतिशत पुग्ने अपेक्षा गरेका छन् । गत वर्षको सोही अवधिमा ३ प्रतिशतको गिरावट आएको हुनाले यस पटक लो–बेस इफेक्ट (कम आधारको प्रभाव) का कारण यसमा सुधार हुने अपेक्षा गरिएको हो ।

तथापि, आरजीएमले मध्यपूर्वमा जारी द्वन्द्वका कारण उपभोक्ताहरूको क्रयशक्ति कमजोर हुन सक्ने चिन्ता व्यक्त गर्दै सन् २०२६ को वार्षिक खुद्रा विक्री वृद्धिको अनुमानलाई साविकको ४ प्रतिशतबाट घटाएर ३.८ प्रतिशतमा झारेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल