३० श्रावण २०८३, शनिबार
,
Latest
गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप: मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल



अ+ अ-

काठमाडौँ। विश्वकप फुटबल अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिल मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ।

आइतबार बिहान न्यू जर्सी स्टेडियममा भएको समूह ‘सी’को पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग १-१ को बराबरी खेलेको हो।

 इस्माइल साइबारीले २१औं मिनेटमा गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिकेन।

ब्राजिलले ३२औं मिनेटमा बराबरी गोल फर्कायो। भिनिसियस जुनियरले ब्रुनो गुमाइरेसबाट प्राप्त पासमा मोरक्कोका डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरेका थिए।