१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

“ओली नेतृत्वको सरकार सफल”



अ+ अ-

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई ठूला छिमेकी देशबीच सम्बन्ध सुदृढ गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सफल भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले बडादशैँ, तिहार, नेपाल संवत्, छठ, बकरइदलगायत चाडपर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेकपाले अङ्गिकार गरेको सन्तुलित परराष्ट्रनीतिले दुई ठूला मुलुकबीच सुदृढ सम्बन्ध स्थापित भएको बताउनुभयो ।

सदियौँदेखि अरुबाट हेपिएको अवस्थामा रहेको नेपालको अवस्था आज त्यस्तो नरहेको चर्चा गर्नुहुँदै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “भूगोलका आधारमा देश ठूलो–सानो भए पनि सार्वभौमिकता, न्याय र स्वतन्त्रता स्थापित हुनुपर्छ भन्ने मान्यता पहिलोपटक स्थापित भएको छ ।” उहाँले नेपाल कुनै शक्तिको खेलमैदान नरहेको प्रमाणित भइसकेकाले यसलाई कायम राखिरहनुपर्नेमा जोड दिनुभयो । “केपी ओली नेतृत्वको सरकारको सन्तुलित परराष्ट्रनीतिका कारण आज नेपाललाई विदेशीले हेर्ने दृष्टिकोण बदलिएको छ”, उहाँले भन्नुभयो ।

विसं २०७४ को निर्वाचनले नेपालमा अब धेरै पार्टी आवश्यक छैन भन्ने म्याण्डेट दिएकाले समृद्ध नेपाल बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिनुभयो । प्रदेश सरकारमा आधारभूत संरचना र कानून निर्माण भएकाले अब विकासको बाटोमा अगाडि बढ्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले चाडपर्व सांस्कृतिक सम्पदा भएकाले सबै धर्म र जातिका चाडपर्वको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । सांस्कृतिक सहअस्तित्व, राष्ट्रिय एकता सार्थक बनाउन सबैलाई आह्वान गर्दै उहाँले भन्नुभयो, “सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम गर्न चाडपर्वले प्रेरणा दिन्छ ।”

नेकपाका जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देलको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, प्रदेशसभा सदस्य आशा कोइराला, डोबाटे विक, सरिता गुरुङ, सांसद कृष्णकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायत सहभागी हुनुहुन्थ्यो ।