५ असार २०८३, शुक्रबार
,
Latest
‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग अर्थमन्त्री वाग्लेद्वारा वैदेशिक ऋण बाध्यता भएको स्पष्टिकरण, उत्पादनमूलक क्षेत्रमा लगानी भएकाले नआत्तिन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त



अ+ अ-

काठमाडौँ, जेठ ३० गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व याम भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

सभापति थापाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शोक विज्ञप्ति जारी गरी ८१ वर्षीय उमेरमा निधन हुनुभएका भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा भण्डारीले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को स्थापनाकालमा झापा जिल्ला र विशेषगरी मेची क्याम्पसको विद्यार्थी राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ ।

पार्टीका उपसभापति विश्वप्रकाश शर्माको परिवारका ज्येष्ठ अभिभावकसमेत रहनुभएका स्वर्गीय भण्डारीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटकपटक कठोर जेलजीवन र शारीरिक यातना भोग्नुभएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

भण्डारीको निधनप्रति कांग्रेस सभापति थापाले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सभापति थापाले भण्डारीको निधनबाट पार्टीले एक अथक र अविचलित योद्धा गुमाएको बताउनुभयो ।

उहाँले शोकको यस घडीमा स्व. भण्डारीकी धर्मपत्नी सन्ध्या भण्डारी, छोरा शरद, छोरीहरू अनुपमा र सम्पूर्णतासहित सम्पूर्ण परिवारजनमा व्यक्तिगत र पार्टीका तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।रासस




भर्खरै