अ
अ+
अ-
काठमाडाैँ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका १५ जनालाई उद्धार गरी उपचारका लागि नजिकैका अस्पतालहरूमा पठाइएको प्रहरीले जनाएको छ।
बा ३ ख ८३९८ नम्बरको उक्त बस बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गर्दा बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको हो। घटनाको थप विवरण आउन बाँकी रहेको छ।
न्यूजपोलार
२९ जेष्ठ २०८३, शुक्रबार १५:२९
न्यूजपोलार
२९ जेष्ठ २०८३, शुक्रबार १५:२९
२९ जेष्ठ २०८३, शुक्रबार १५:२९










