१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मार्ट लाइसेन्सकाे प्रिन्ट नै बन्द, समस्या अझ गहिरियाे



अ+ अ-

काठमाडाैंः सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट गर्ने मासप्रिन्टरले पनि काम गर्न सकेन । हाल प्रिन्टर नै बन्द भएको छ । मागअनुसारको सवारी लाइसेन्स वितरणका लागि मासप्रिन्टर ल्याए पनि सञ्चालन हुन सकेको छैन । यातायात व्यवस्था विभागले तीन महिनाअघि नै मासप्रिन्टर ल्याएको थियो तर हालसम्म सञ्चालन गर्न नसक्दा लाइसेन्स प्राप्त गर्न बाँकी संख्या छ लाख पुगेको छ ।

विभागले ग्लोबल टेन्डर गरी एक घण्टामा ४५० प्रतिकार्ड प्रिन्ट गर्नसक्ने क्षमताको मासप्रिन्टर ल्याएको हो । दुई महिनाअघि सञ्चालनका लागि सेट गरिएको प्रिन्टर अहिलेसम्म चल्न सकेको छैन । ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टिङ प्रेसले प्राविधिक कारण देखाउँदै ढिलाइ गरिरहेको विभागले जनाएको छ । सफ्टवेयर अपलोड, एप्लिकेसन इन्स्टल र परीक्षण भन्दै ढिलाइ भइरहेको छ ।

काममा ढिलाइ भइरहेपछि मासप्रिन्टरबाट समस्याको समाधान होला भन्नेमा स्वयं विभागका अधिकारीहरू नै ढुक्क हुन सकिरहेका छैनन् । प्रेसले प्राविधिक कारण देखाउँदै ढिलाइ गरिरहेपछि विभागका अधिकारीहरू पनि हैरानीमा परेका छन् । यो समाचार गोरखापत्रमा छ ।