१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

चितवनसम्म पाइपलाइनबाटै डिजेल र ग्यास

चितवनसम्म पाइपलाइनबाटै डिजेल र ग्यास
अ अ+ अ-

काठमाडौं – भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाट ल्याउने भएको छ। भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच सहमति भएको हो। मोतीहारी–अमलेगन्ज पेट्रोल पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति पनि दुवै पक्षबीच भएको छ।

करिब २५ अर्ब रुपैयाँ लागतमा ग्यास, पेट्रोलियम पाइपलाइन र भण्डारण स्थल निर्माण गरिने छ। निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार ग्यास र पेट्रोलियम पदार्थ ढुवानीका लागि चितवनसम्म पाइपलाइन विस्तार गर्ने सहमति आइओसीसँग भएको हो। ‘पाइपलाइन निर्माण गर्न सहमति भएपछिसंयुक्त रुपमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरेका छौं,’ उनले भने, ‘अब जिटुजी गरेरपछि निर्माण प्रक्रिया अघि बढ्छ।’

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पाइपलाइन बिछ्याउने रुटमा औपचारिक प्वाइन्ट पिलर शनिबार गाड्ने छन्। ‘विस्तृत अध्ययन सकिएकाले रुट तोक्ने काम मन्त्रीबाट सुरु गर्न लागिएको हो,’ पौडेलले भने, ‘शनिबार मन्त्रीज्यूले पाइप बिछ्याउने रुटमा पिलर गाड्नु हुन्छ।’

ग्यास, पेट्रोलियम पाइपलाइन र भण्डारण स्थल निर्माण गर्न करिब २५ अर्ब रुपैयाँ लाग्ने अनुमान।

ग्यास, पेट्रोलियम पाइपलाइन र चितवनमा भण्डारण स्थल निर्माणका लागि २४ अर्ब ८६ करोड रुपैयाँ लाग्ने निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। भट्टराईका अनुसार मोतीहारीबाट अमलेखगन्ज हुँदै चितवनसम्म ग्यास पाइपलाइन निर्माण गर्न ११ अर्ब १९ करोड र ग्यास भण्डारण स्थल निर्माण गर्न तीन अर्ब ८१ करोड रुपैयाँ लाग्ने छ। त्यसैगरी, अमलेखगन्जबाट चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न पाँच अर्ब ६७ करोड र चितवनमा पेट्रोलियम भण्डारण स्थल बनाउन चार अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान छ। मुलुकको आवश्यकतालाई ध्यानमा राखेर पाइपलाइन विस्तार गर्न लागिएको भट्टराईले बताए। ‘वर्षौंदेखि पाइपलाइन विषयमा गृहकार्य गर्दै आएका थियौं,’ भट्टराईले भने, ‘अब यसले मूर्त रुप लिने भएको छ।’

मोतीहारीदेखि चितवनसम्म ग्यास पाइपलाइन एक सय ३१ किलोमिटर हुने निगम अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले बताए। यादवका अनुसार अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन ६२ किलोमिटर हुने छ। पाइपलाइन रुटमा पिलर गाड्ने कार्यक्रमका लागि आइओसीको पाइपलाइन परियोजना प्रमुख रमेश चौधरी अमलेखगन्ज पुगेका छन्। ‘आइओसीका प्रतिनिधिको रोवहरमा रुट तोकिन्छ,’ डिपो प्रमुख यादवले भने।

पाइपलाइन विस्तारका लागि रुट फाइनल भएको छ। मोतीहारी–अमलेखगन्ज ग्यास पाइपलाइन रुट अहिले पेट्रोलियम पाइपलाइन बिछ्याएको पाइपसँगसँगै हुने छ। अमलेखगन्जदेखि चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन पनि सँगसँगै बिछ्याइने छ। चितवनसम्म निर्माण गरिने पाइपलाइन पूर्वपश्तिम राजमार्गको छेउछेउबाट ल्याइने छ।

मोतीहारीबाट अमलेखगन्जसम्म पाइपलाइन निर्माण गरेपछि अहिले चौबीसै घण्टा पाइपमार्फत डिजेल आयात भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत भदौ २४ गते पेट्रोलियम पाइपलाइनको संयुक्त रुपमा उद्घाटन गरेका थिए। अलिे पाइपलाइनमार्फत प्रतिघण्टा एक सय ७० किलोलिटर डिजेल आयात भएको यादवले बताए।

अहिलेसम्म ग्यास भारतीय नम्बर प्लेटका बुलेटबाट ढुवानी हुँदै आएको छ। पाइपलाइन निर्माणमा आइओसीले पनि सघाउने छ। आइओसीले कति र निगमले कति प्रतिशत लगानी गर्ने निर्णय भने दुई देशको सरकारी तहको बार्तापछि टुंगो लाग्नेछ। यसअघि मोतीहारी–अमलेखगन्ज पाइपलाइन निर्माण गर्दा ७० प्रतिशत आइओसी र ३० प्रतिशत निगमले लगानी गरेका थिए। पुरानै मोडलमा पाइपलाइन निर्माण गर्ने अनौपचारिक समहति भए पनि दुई देशका सरकारले निर्णय गरेपछि अन्तिम रुप दिएने निगमले जनाएको छ।

ठूलो परिमाणमा पेट्रोलियम पदार्थ राजधानी काठमाडौंसहित पोखरा, भैरहवालगायत क्षेत्रमा खपत हुने भएकोले ढुवानी लागत घटाउन चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन निर्माण गर्न लागिएको हो। पाइपलाइन अमलेखगन्जबाट चुरियामाई जंगल हुँदै चितवनसम्म ल्याएपछि दीर्घकालीन रुपमा मुलुकमा पेट्रोलियम पदार्थको बिक्रीवितरण र व्यवस्थापन गर्न सजिलो हुनेछ। निगमले चितवनमा भण्डारण स्थल बनाउन जग्गा खरिद गरिसकेको छ। चितवनान स्टक राख्ने गरी परियोजना अघि बढाउँदा वितरण व्यवस्थित गर्न सहज हुने छ। नागरिक दैनिकमा दिलीप पाैडेलले लेखेका छन् ।