५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई

सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई
अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भारतीय सीमा सुरक्षा बलले सुस्तामा नेपाली नागरिकमाथि हप्कीदप्की गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त सुरक्षा बलले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे रक्षामन्त्रीले तत्काल जवाफ दिनुपर्ने बताउनु भयो ।

अध्यक्ष राईले नेपाली सेना भने सीमा क्षेत्रमा जानै नहुने के कमस खाएर बसेको छ भनि कटाक्ष समेत गर्नुभयो । उहाँले सरकारले यदि नेपाली सेनाले सीमामा गएर अवलोकन गर्न नपाउने कुनै सन्धि सम्झौता भएको भए त्यसको पत्र पनि संसदलाई जानकारी गराउन सचेत गराउनु भयो । अध्यक्ष राईले आफनो भूमिको लागि नेपाली नागरिकले मात्रै लडनुपर्ने दुखद अवस्था आउँदा पनि सरकारले चासो नदिएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘म एउटा प्रश्न राख्न चाहन्छु–नेपाल सरकारको रक्षामन्त्री को हुुनुहन्छ ? उहाँलाई तपाईले बोलाई दिनुपर्दछ । उहाँलाई म प्रश्न सोध्न चाहन्छु–यो सुस्ता भन्ने ठाउँमा भारतीय पक्षको एसएसवी सशष्त्र सीमा बल जो छ । त्यो सीमा बल आएर नेपाली दाजुभाईलाई हप्कीदप्की गर्दै गरेको र नेपाली दाजुभाई चाँही आफनो भूमिको लागि निहत्था त्यहानिर लडदैभिडदै गरेको अवस्थाको भिडियोहरु सार्वजनिक भएका छन । त्यसतर्फ नेपाल सरकारले र रक्षामन्त्रीले अव प्रधानमन्त्रीजी त हुनुहुन्न । रक्षामन्त्री हुनुहुन्छ भने खोजेर तपाईले ल्याइ दिनु प¥यो । हामी प्रश्न सोध्न चाहन्छौ उहाँलाई । हाम्रो नेपाली सेना चाँही सिमानामा जानै नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ ? नेपाल सरकारले सीमानमा चिहाउन पठाउन पनि नमिल्ने खालको, अवलोकन गर्न पनि नमिल्ने के करार गरेको रहेछ ? कि त त्यो करार पत्र त्यो सन्धि हामीलाई यहाँ देखाई दिनुप¥यो । सार्वभौम संसद, हामी सबै सार्वभौम सांसद साथीहरु जान्न चाहन्छौँ, बुझन चाहन्छौँ । सूचनाको हक संविधानमा छ । हामीलाई त्यो विषयमा जानकारी होस् । अन्यथा सुरक्षा विनाको खुला सीमाना जस्ले पनि मिच्छ ।’

अध्यक्ष राईले संविधानले सूचनाको हकको व्यवस्था गरेकाले उक्त विषयमा सरकारले संसदलाई यथार्थ कुरा जानकारी गराउनुपर्ने बताउनु भयो ।