६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक क्षेत्रलाई जोड्न म्याराथन : मुख्यमन्त्री पोखरेल



अ+ अ-

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऐतिहासिक दुई स्थललाई जोड्ने गरी व्यास नगरपालिकाले दूरदर्शिता कायम गरेको बताउनुभएको छ । व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास–८ पुलिमराङसम्मको ४४ किलोमिटरको नगरपालिकाद्धारा आज आयोजित अल्ट्रा म्याराथनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले मानुङकोटबाट शहीदग्राम पुलिमराङलाई खेलकुदका माध्यमबाट परिचित गराउन म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो । 

गण्डकी प्रदेश सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गरिनु सकारात्मक पक्ष भएको उहाँले बताउनुभयो । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बर्सेनि म्याराथनलाई प्राथमिकता राखिँदै आइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । नगरपालिकाले खेलकुदकै लागि रु २२ लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । नगरप्रमुख न्यौपानेले मानुङकोटमा पानीको चरम समस्या रहेकाले गण्डकी प्रदेश सरकारको सहयोगको अपेक्षा गर्नुभयो । 

उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतका वक्ताले व्यास नगरपालिकाले दीर्घकालीन सोचका साथ पर्यटन प्रवद्र्धन गर्न म्याराथनको आयोजना गरेको बताउनुभयो । योसँगै पाँचौँ व्यासनगर अल्टा म्याराथन २०७८ आयोजना गरिएको हो । हरेक नयाँ वर्षको पछिल्लो अङ्कलाई पुरस्कारको राशिमा समेट्ने परम्परालाई कायम राख्दै यस वर्ष प्रथम पुरस्कार रु ८५ हजार ७८, द्वितीय रु ६५ हजार ७८, तृतीया रु ५५ हजार ७८ र सान्त्वना पुरस्कार पाँच जनालाई जनही रु १६ हजार ७८ का दरले प्रदान गरिने छ ।

म्याराथनको सम्पूर्ण धावन रुट यथावत कायम रहने गरी धावनमार्गमा विभिन्न आठ स्थानमा चेकप्वाइन्टको व्यवस्था गरिएको छ । म्याराथनमा १७३ जना धावकले सहभागिता जनाएको रेस डाइरेक्टर रमेशबहादुर भट्टचनले जानकारी दिनुभयो ।