१ आश्विन २०८३, बिहीबार
,
Latest
भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीलाई समर्थन गर्नेहरू देशघाती हुन्ः प्रेम सुवाल



अ+ अ-

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गर्नु भएको छ । 

एमाले अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताउनु भएको हो । 

उहाँले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाईन तान्ने कुरा कहाँबाट आयो ? भन्दै सरकारसँग प्रश्न समेत गर्नु भयो । उहाँले नेपालको विद्युत नेपाललाई आवश्यक रहेको र त्यसले नेपालमा विद्युतबाट चल्ने रेल र विद्युतीय सवारी साधन संचालन गर्न सरकारसँग माग पनि गर्नु भयो । 

सांसद सुवालले भन्नु भयो,  ‘नेपालको विजुली भनेको नेपाललाई नै चाहिन्छ । एमसीसी सम्झौंता भनेको नेपालको विजुली भारतहुँदै सिंगापुर लाने हो । एमसीसी सम्झौंताको अनुसूचि ५ (क) मा गोरखपुरसम्म प्रशारण लाईन तान्ने उल्लेख छ । 

अमेरिका र नेपालको सम्झौंतामा गोरखपुरसम्म विजुलीका लाईन तान्ने कहाँबाट आयो ? कुनै पनि देशभक्त नेपालीले यो देशघाती एमसीसी सम्झौंतालाई समर्थन गर्न सक्दैनन् । एमसीसी समर्थन गर्नेहरु देशघाती र देशद्रोही नै हुन । यसमा कुनै फरकै छैन । यो विषयमा सदन र सरकारको ध्यान जाओस् ।’

सांसद सुवालले एमसीसीको विषयमा सरकार र सदनले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । उहाँले एमालेले अवरोध गरिरहेका बेला संसद बैठक सूचारु गराउन नहुने अडान पनि दोहो¥याउनु भयो ।