५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले

नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले
अ+ अ-

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले केवल नगद वितरणका कार्यक्रमले मात्रै गरिबी न्यूनीकरण हुन नसक्ने बताउनुभएको छ । उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेटमा आयआर्जन र रोजगारी सिर्जनालाई प्राथमिकता दिएको स्पष्ट पार्नुभयो ।

बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले विद्यमान सामाजिक सुरक्षा कार्यक्रममध्ये कुनै पनि कटौती नगरेको, बरु केही कार्यक्रमलाई थप विस्तार गरिएको जानकारी दिनुभयो । उहाँले मानिसलाई सधैं सहायता लिने अवस्थामा राख्नेभन्दा आम्दानी आर्जन गर्न सक्षम बनाउने लक्ष्यसहित बजेट ल्याइएको बताउनुभयो ।

गरिबी न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय स्थायी रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्नु रहेको उल्लेख गर्दै उहाँले कृषि, उद्यमशीलता र निजी क्षेत्रलाई सशक्त बनाएर रोजगारी वृद्धि गर्ने नीति लिइएको बताउनुभयो । सरकारले आर्थिक नीति निर्माणमा निजी क्षेत्रसँगको सहकार्यलाई केन्द्रमा राखेको पनि उहाँको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले राज्यले सबै काम आफैं गर्ने वा निजी क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने पुरानो सोच त्यागिएको बताउनुभयो । साथै बजारले मात्रै सबै समस्या समाधान गर्न सक्छ भन्ने अतिवादी दृष्टिकोणबाट पनि सरकार टाढा रहेको उहाँको भनाइ थियो ।

उहाँले बजारको निर्माण, नियमन र स्थायित्व सुनिश्चित गर्ने जिम्मेवारी राज्यकै भएको उल्लेख गर्दै प्रतिस्पर्धात्मक अर्थतन्त्रमार्फत समतामूलक समृद्धि हासिल गर्न बलियो राज्य आवश्यक पर्ने बताउनुभयो । नियामकीय निकायहरूलाई थप सुदृढ बनाउने नीति सरकारले लिएको पनि उहाँले जानकारी दिनुभयो ।

विगतमा नियामकीय अभ्यास विकृत बन्दा ‘क्रोनी क्यापिटलिज्म’ र आर्थिक कब्जाजस्ता प्रवृत्ति देखिएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले त्यस्ता विकृतिको अन्त्य गर्दै सक्षम राज्य र गतिशील निजी क्षेत्रबीचको सहकार्यमा आधारित आर्थिक प्रणाली विकास गरिने बताउनुभयो । उहाँले प्रतिस्पर्धात्मक अर्थतन्त्र र प्रभावकारी नियमनमार्फत समतामुखी समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।