३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

“अहिले विश्वको ध्यान नेपालमा केन्द्रित छ”



अ+ अ-

भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभएको छ । नेपाल सबै क्षेत्रबाट सक्षम राष्ट्र रहेको बताउँदै उहाँले विश्वका उच्चपदस्थ व्यक्तिको भ्रमण नेपालको लागि निकै ठूलो सफलता रहेको उल्लेख गर्नुभयो ।

‘‘भर्खरै भएको चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमणले नेपाल धेरै सम्भावना बोकेको देश हो भन्ने प्रष्ट भएको छ, अहिले विश्वका ठूलाठूला राष्ट्रको ध्यान नेपालमा केन्द्रित भएको छ, अब आधुनिक ढङ्गले विकास हुन्छ’’ उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरले सदरमुकाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राईले शोषित पीडित जनताको हितका लागि देश सङ्घीयतामा गएको बताउँदै यसको रक्षा गर्नु सबैको दायित्व रहेको समेत बताउनुभयो ।

मुख्यमन्त्री राईले भन्नुभयो,‘‘देशमा सङ्घीयता कार्यान्वयन भएसँगै जनताले खुशीको अनुभव गर्न पाएका छन्, तर यो सङ्घीयताका कुनै दल वा समूहको महत्वकांक्षा पूरा गर्नको लागि ल्याइएको हैन, यसको जगेर्ना गर्नु हामी सबैको दायित्व हो ।’’

उहाँले स्थानीय तहमा आएको बजेटको सही ढङ्गले खर्च गराउन सबैले खबरदारी गर्नुपर्ने बताउनुभयो । आफ्नो ठाउँमा भएको काममा एक कन्चो पनि बजेट तलमाथि हुन नदिन जनताले कडा निग्रानी गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।