१० श्रावण २०८३, आईतवार
,
Latest
त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा



फाइल फोटो
अ+ अ-

काठमाडौँ। पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार निश्चित वर्षामापन केन्द्र आसपास भारी वर्षा भएको हो। आज राति ८ः३० बजेको मापन केन्द्रको अभिलेखअनुसार काठमाडौँसहित, झापा, मोरङ, तनहुँ, दाङ र सुर्खेतमा भारी वर्षा भएको छ ।

काठमाडौँको कपन क्षेत्रमा आज पछिल्लो २४ घण्टामा ५१.८ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा बढी झापाको बाहुनडाँगीमा ७७.४ मिलिमिटर वर्षा भएको छ ।

यस्तै तनहुँमा ५३.२, दाङमा ४८.२ र सुर्खेतमा ५२.८ मिलिमिटर वर्षा भएको छ। यी सबै क्षेत्रमा भारी वर्षा भएको हो ।

मौसम बदली भई ठाउँठाउँमा वर्षा भएकाले आज देशभरको तापक्रम पनि घटेको विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभयो ।

उहाँका अनुसार आज तापक्रम तराइमा ३९ डिग्रीभन्दा कम तथा काठमाडौँमा २१ डिग्री छ। विभागले आज साँझ जारी गरेको मौसम बुलेटिनका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको छ ।

बिहीबार देशभर साधारणतया बादल लाग्ने तथा कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरू तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा मध्यमसम्म वर्षा हुने बताइएको छ ।

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थान साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

वरिष्ठ मौसमविद् वरुण पौडेलले नेपाल मनसुन प्रवेशको संघारमा रहेको जानकारी दिँदै अबको केही दिनमै मनसुन प्रवेश हुनसक्ने बताउनुभयो ।

यसपालि मनसुनमा औषतभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने आकलन गरिएको छ ।