१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक ९२.१६ अंकले बृद्धि



अ+ अ-

काठमाडौँ । एक महिना देखि निरन्तर रुपमा गिरावट हुँदै आएको शेयर बजार मापक नेप्से परिसूचक बुधवार पनि बढेको छ । 

गत सोमबार नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयात अत्याधिक रुपमा बढेको भन्दै बस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने ब्यवस्था र स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै मंगलबार देखि सेयर बजार उकालो लाग्न थालेको छ ।

राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षाले मंगलवारबाट नेप्से परिसूचकमा हरियाली छाउन थालेको छ । मंगलवार  ५६.७३ अंकले बढेको नेप्से बुधवार एकै दिन ९२.१६ अंकले बढेर २ हजार ५०७.७०  बिन्दुमा पुगेको छ । पछिल्लो समय निरन्तर रुपमा बजार घटेर २३ सय बिन्दु भन्दा तल झरेको थियो  । यता ठूला कम्पनीको बजार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४.७४ अंकले बढेर ४७७.२६ अंकमा पुगेको छ ।

आज कारोबारमा आएका २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको तुलनामा बुधवार नप्सेको कारोबार रकम पनि दोब्बरले बढेको छ ।

आज पनि कारोबारमा आएका १३ वटै उपसमूहको सूचकहरुमा हरियाली छाएको छ । जसमा सबै भन्दा बढी व्यापार उपसमूहको ८.२३ प्रतिशतले बढेको छ । हाइड्रोपावर ६.०३ प्रतिशत, विकास बैंक उपसमूहको ५.५१ प्रतिशतले बढेको छ । भने बैंकिङ्ग उपसमूह २.२२ प्रतिशत, र्निजिवन बिमाको ४.७६ प्रतिशत, लगानी उपसमूहको ५.१९ प्रतिशतले बढेको छ।

आज चार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। अरुण भ्याली हाइड्रोपावर डेभलेपमेन्ट, शिवम् समेन्ट, अपर तामाकोशी हाइड्रोपावर र बरुण हाइड्रोपावरका लागनीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका छन ।  साथै स्वाभिमान लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन्।

आज हिमालयन डिष्टिलरी लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको छ ।  हिमालयन डिष्टिलरीको प्रतिकित्ता ७ हजारले ६८ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै अपर तामाकोसीको ६४९ मा १५ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।