३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका अध्यक्षद्वय ‘वान टु वान’ भेटवार्तामा



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार झण्डै एक घण्टा ओली र प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएको हो ।

भेटमा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा दुई अध्यक्षबीचको कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । बाकुबाट नेपाल फर्किएपछि अध्यक्षद्वयबीच सोमबार भेटवार्ता भएको हो ।

ओली र प्रचण्डबीच दुरी बढेको भन्ने समाचार केही समयअघि सार्वजनिक भएपछि उनीहरुबीचको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भएका थिए । तर प्रधानमन्त्री ओलीले आफुहरुबीच दुरी नबढेको दावी पनि गरेका थिए । त्यस्तै, अध्यष प्रचण्डले पनि यसलाई ‘हल्ला’ को संज्ञा मात्र दिएका थिए ।