३० श्रावण २०८३, शनिबार
,
Latest
इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैनः नेता साउद लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न



अ+ अ-

कर्णाली। मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सम्पन्न भएको छ ।

जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत र पिपल इन निड (पिन) प्रतिबद्ध–३ परियोजनाको सहकार्यमा मङ्गलबार सुर्खेतको वीरेन्द्रनगरमा उक्त फोरम सम्पन्न भएको हो । फोरममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कर्णालीका ३० स्थानीय तहमा अझै मौसम मापन केन्द्र नभएकाले प्रदेश सरकारले त्यसको व्यवस्थापनका लागि आवश्यक उपकरणमा सहयोग गर्ने बताउनुभयो ।

जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा इन्दिरा कँडेलले जल तथा मौसमजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्गतका कार्यालयहरूको भूमिका, मनसुन सिजन २०८३ को जलवायु आकलनसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

पिपल इन निड (पिन) प्रतिबद्ध–३ परियोजना (पिन)का कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले मनसुन पूर्वतयारी तथा सम्भावित प्रभावबारे प्रस्तुतीकरण गर्दै २०८३ सालमा मनसुनजन्य विपद्बाट देशभर ५९ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने जनाउनुभयो । उहाँले भन्नुभयो, “मनसुनजन्य विपद्बाट ५१ दशमलव १० प्रतिशत महिला र ४८ दशमलव ९० प्रतिशत पुरुष प्रभावित हुने आकलन गरिएको छ । जसमा २१ प्रतिशत वृद्धवृद्धा, आठ प्रतिशत बालबालिका, दुई दशमलव पाँच प्रतिशत अपाङ्गता भएका व्यक्ति र दुई प्रतिशत प्रजनन उमेर समूहका महिलासमेत प्रभावित हुने देखिन्छ ।”

यसबाट सबैभन्दा बढी लुम्बिनीमा ५१ हजार ६२६ र कर्णालीमा सबैभन्दा कम १३ हजार १७५ जनसङ्ख्या प्रभावित हुने तथ्याङ्कमा उल्लेखछ ।

फोरममा सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठ, भौतिक सचिव अर्जुनकुमार बम, उद्योग तथा पर्यटन सचिव अजितकुमार कर्णलगायत प्रदेश तथा जिल्ला आपत्काकालीन कार्य सञ्चालन केन्द्र, विषयगत क्षेत्र, विकास साझेदारलगायत क्षेत्रका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । रासस