२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज



अ+ अ-

दाङ। राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको अवस्था विश्लेषण गर्न सहज भएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले यहाँ राखिएको मेसिनले पालिकाभित्रको वातावरण प्रदूषणको अवस्था थाहा हुने भएकाले वातावरण संरक्षण, वृक्षरोपण, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्यसम्बन्धी योजना बनाउन सहज भएको बताउनुभयो ।

उक्त यन्त्रले २४ घण्टा नै वातावरणको निगरानी गर्ने गरेको छ । “हाल पालिकाभित्र उद्योग, सवारीसाधन र अन्य स्रोतबाट हुने प्रदूषणको अवस्था कस्तो छ भन्ने कुरा यही यन्त्रले पत्ता लगाउँछ, जसले प्रदूषण नियन्त्रणका काम गनए सहज भएको छ”, उहाँले भन्नुभयो ।

दुई वर्षअघि यहाँ स्टेशन स्थापना गरिएको हो । सङ्घीय सरकारले करिब रु एक करोड मूल्यको मेसिन जडान गरेको छ । रासस