२७ जेष्ठ २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य डिजिओमा फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण: मोबाइल पास मात्र ५४९ रुपैयाँमा दक्षिणपछि उत्तर सन्तुलनको प्रयासः परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै ‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर



अ+ अ-

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधवार) का लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ।

यसै गरी युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९१ पैसा कायम हुँदा युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा तोकिएको छ।

स्वीस फ्राङ्क एकको खरिददर १९१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा कायम गरिएको छ।

सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९४ पैसा तोकिँदा जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा कायम भएको छ।

रोजगारीका लागि खाडी मुलुक जाने नेपालीहरूका लागि महत्त्वपूर्ण मानिने साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ। कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९३ पैसा तथा संयुक्त अरब इमिरेट्स (युएई) दिराम एकको खरिददर ४१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा तोकिएको छ।

यता भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् रहेको राष्ट्र बैंकले जनाएको छ। व्यावसायिक बैंक तथा मनी चेन्जरहरूले भने आफ्नो व्यवस्थापन खर्चका आधारमा यो दरमा केही थपघट गरी कारोबार गर्न सक्नेछन्।