१ असार २०८३, सोमबार
,
Latest
चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाले यसरी बचायो साउँदको ज्यान



अ+ अ-

बैतडी । सिगास गाउँपालिका-६ लेकमकी २३ वर्षीया सुत्केरी धना साउँदको हेलिकप्टरमा उद्धार गरिएको छ । उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी आज बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको हो ।

प्रसुती सेवा केन्द्र लेकममा बच्चा जन्माउनुभएकी साउँदको अत्यधिक र’क्तस्राव भएपछि उद्धार गरिएको हो । उहाँलाई राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी उपचारका लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । “अत्यधिक र’क्तस्राव भएको खबर पाएपछि हेलिकप्टरको व्यवस्था गरेका हौँ”, उहाँले भन्नुभयो । सुत्केरीको साथमा रहनुभएका प्रसुती सेवा केन्द्र लेकमकी अनमी पार्वती बोहराका अनुसार साउँदको अवस्था सामान्य रहेको छ ।