२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउसीभैलोमार्फत पञ्चेबाजा संरक्षणमा युवा



अ+ अ-

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१० का युवाले पञ्चेबाजा संरक्षणका लागि देउसीभैलो खेलेका छन् । उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन् ।

पछिल्लो समयमा पञ्चेबाजा लोह हुँदै जान थालेपछि देउसीभैलोसँगै पञ्चेबाजालाई जोड्न थालेको युवा अगुवा लोकेन्द्र गिरीले बताउनुभयो । युवाले पञ्चेबाजा पोशाकमा सजिएर देउसीभैलो खेलेका हुन् । पञ्चेबाजा पाँच बाजाहरूको समूह हो । पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाइ पर्दछन् । पञ्चेबाजा नेपाली धार्मिक एवम सांस्कृतिक बाजाको रुपमा प्रयोग हुँदै आएको छ ।

पञ्चेबाजा जोगाउने अभियानमा गैरदलित युवा समावेश छन् । घरदैलोमा पञ्चेबाजासहित देउसी टोली पुग्दा स्थानीय उत्साहित हुने गरेका छन् । यो बाजा विवाह, व्रतबन्ध, चाडबाड, जात्रा, रोपाइँ, पूजाआजा धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ । नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साइतको महत्व हुन्छ । त्यस्ता साइतमा मङ्गलधुन बजाएर साइतलाई शुभ बनाउने चलन छ । मङ्गल धुन बजाउनका लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो । “यो बाजाको संरक्षण गर्नु अहिलेको अपरिहार्यता हो”, गिरीले भन्नुभयो ।

शहरी भेगमा आधुनिक ब्याण्डबाजासँग पञ्चेबाजाले प्रतिस्पर्धा गर्नुपरेको छ । पञ्चेबाजाको आफ्नै प्रकारको शैली र महत्व भए पनि पछिल्लो पुस्ता आधुनिकतातिर केन्द्रित हुन थालेपछि समस्या भएको हो । “पञ्चेबाजाप्रति पछिल्लो पिँढीलाई जिम्मेवार बनाउन पहल थालिएको छ”, उहाँले भन्नुभयो । पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक पञ्चेबाजा जोगाउन यहाँका युवा जुटेका हुन् । गाउँघरमा पञ्चेबाजा बजाउने व्यक्ति भेटिन छाडेका छन् ।

बाह्रदेखि १८ जनासम्मको समूहमा मिलेर बाजा बजाइन्छ । मौलिक बाजा र संस्कृतिको जगेर्ना गर्न सबैले यसप्रति चासो देखाउनुपर्छ । पञ्चेबाजा बजाउनेलाई सम्मान नहुने भएकाले यस क्षेत्रबाट पुराना कलाकार विस्थापित भइरहेको यहाँका युवा बताउँछन् । चन्दननाथ–१० का युवाले नगरपालिका क्षेत्रका सबै बस्तीमा पञ्चेबाजासहित देउसीभैलो खेलेका थिए ।