५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी

करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि उठेको करका दर हेरफेरसम्बन्धी विवादबीच सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेलले अर्थमन्त्रीको बचाउ गर्दै सरकारको पूर्ण समर्थन रहेको स्पष्ट गर्नुभएको छ ।

मंगलवार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट निर्माणमा “एकदमै मेहनत” गरेको उल्लेख गर्दै सरकारले पूर्ण रूपमा साथ दिएको बताउनुभयो ।

उहाँले करका नीति फेरबदलसम्बन्धी कुनै विषय मन्त्रीपरिषद्मा औपचारिक रूपमा नउठेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार, अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा सरकारको साझा सहमति रहेको छ ।

उहाँले भन्नुभयो, “अर्थमन्त्रीज्युले एकदमै मेहनत गरेर बजेट ल्याउनुभएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ।”

यसअघि अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई जानकारी नै नदिइ करका दर हेरफेर गरेको भन्दै विवाद उत्पन्न भएको थियो । विपक्षी दलहरूले स्वार्थ समूहसँग मिलेमतो गरी करका दर परिवर्तन गरिएको आरोप लगाउँदै छानबिनको माग गरेका छन् ।

विवाद चर्किँदै जाँदा सरकार पक्षले भने अर्थमन्त्रीको कदमलाई नियमित बजेट प्रक्रियाअनुसारको भन्दै बचाउ गरेको छ ।