१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

वैदेशिक रोजगारी रोक्न गाउँमै गलैँचा बुनाइ

वैदेशिक रोजगारी रोक्न गाउँमै गलैँचा बुनाइ
अ अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङस्थित थगाम टोलकी ३९ वर्षीया माइली तामाङको फुर्सदिलो दैनिकी अचेल गलैँचा बुनेर बित्ने गरेको छ ।

घरको काम र खेतीपातीबाट बचेको समय उहाँले गलैँचाको तानलाई दिने गर्नुभएको छ । शारीरिक रुपमा पनि धेरै भार नपर्ने हुँदा उहाँले यो पेशालाई व्यावसायिक बनाउनुभएको हो । घरमै बसेर अरु काम भ्याएर पनि सजिलैसँग गलैँचा बुन्न सकिने भएकाले यो पेशाप्रति रुचि बढेको उहाँ बताउनुहुन्छ ।

एउटा गलैँचा बुन्न १५ दिनजति समय लागने माइली बताउनुहुन्छ । “अरू सीप केही जानिँदैन्, यसैले आत्मनिर्भर बनाएको छ”, उहाँले भनिन् । माइली तामाङ गलैँचा बुनेर महिनामा १७ हजार कमाइ हुने सुनाउँछिन् । “घरको सबै काम भ्याएर यो काम गर्न सकिन्छ”, उहाँले भनिन् । व्यावसायिक कृषि खेतीमा उत्तिकै सक्रिय माइलीले अरूभन्दा गलैँचा बुन्दा आफ्नो सीप बढेको अनुभव गरेकी छिन् ।

२८ वर्षीया निशा तामाङको पनि दैनिकी गलैँचाकै कारण फेरिएको छ । गएको जेठबाट तानमा बस्न शुरु गर्नुभएको निशाले गलैँचा बुनेर कमाइ बलियो बनाउन सक्ने भइसक्नुभएको छ ।

उहाँले तयार गरेको गलैँचा गाउँमै आएर व्यवसायीले खरीद गर्ने गरेका छन् । त्यसैले पनि काम गरेर बिक्री नहोला भन्ने चिन्ता उहाँमा छैन । माइली र निशा मात्रै होइन शैक्षिक र आर्थिकरुपले पछि परेको तामाङ जातिको थगाम टोलमा ३० भन्दा बढी महिलाले गलैँचा बुन्ने काम गरेर घरबार धान्दै आएका छन् ।

घरेलु काम र खेतीपातीबाट बचेको समय गलैँचा बुनेबापतको पारिश्रमिकले यहाँका महिला आत्मनिर्भर बनेका छन् । उनीहरुले यो पेशालाई व्यावसायिक बनाउन समूहमार्फत काम गर्छन् । संस्थागत रुपमै एकताबद्ध भएर काम गर्दा सहज हुने भएकाले उनीहरु सङ्गठित बनेका हुन् ।

गलैँचा बुन्ने जनजाति महिलाले प्रगतिशील महिला उद्यमी समूह गठन गरेका छन् । उनीहरुमा यो सीप र जाँगर भने भूकम्पपछिको जीविकोपार्जनको लागि स्थानीय निकायबाट रु एक लाख ६० हजार र सामाजिक संस्था टुकी सङ्घ सुनकोशीले रु ५० हजार रकम उपलब्ध गराएपछि शुरु भएको हो ।

गलैँचा बुन्नुको सीपप्रतिको आकर्षणले गर्दा यो टोलको झण्डै घरै पिच्छेका महिला उद्यमी बनेका छन् । गलैँचा बुन्न जानेकाले घरेलु र खेतीपातीको कामबाट बचेको समयलाई सदुपयोग गर्ने गरेको विष्णुमाया बताउनुहुन्छ । गफगाफमा बित्ने समयलाई गलैँचा बुन्नमा लगाएपछि आपसमा सद्भाव बढ्दै गइरहेको उहाँको अनुभव छ ।

गलैँचा बुन्ने पेशा अरुभन्दा दीर्घकालीन र क्षमता बढाउने देखेकाले जनजाति महिलामा आकर्षण बढेको हो । शारीरिक कष्ट कम हुने हुँदा बुढ्यौलीले छुने बेलासम्म पनि काम गर्न सकिने हुँदा यो पेशामा लागेको उद्यमीको भनाइ छ । गलैँचा बुन्ने उद्यमी बढेपछि यहाँका महिलाले आफँै कारखाना खोल्ने उद्देश्य राखेका छन् । घुम्थाङभरका महिलालाई सक्षम बनाउनको लागि गलैँचा बुन्ने सीपमूलक अभियान अगाडि बढाइएको वडाध्यक्ष मीनबहादुर श्रेष्ठ बताउनुहुन्छ ।

“जिल्लाबाट वैदेशिक रोजगारीमा गएका महिला जोखिममा पर्ने क्रम बढेपछि यो गाउँमै रोजगार दिलाउन यो कार्यक्रम शुरु गरिएको हो”, उहाँ भन्नुहुन्छ, “आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्य बुझ्दै नबुझी विदेश जाँदा समस्या भोग्नु परेकाले अध्ययन नभएका महिलाले पनि गाउँमै बसेर कमाउन सक्छन् भनेर देखाउन पनि यता आकर्षित गरेका हौँ ।” गलैँचा तयार भइसकेपछि गाउँकै व्यवसायीले बिक्रीका लागि लैजाने गरेको वडाध्यक्ष श्रेष्ठको कथन छ । एउटा सामान्य गलैँचा ३० देखि ४० हजारमा रुपैयाँमा बिक्री हुने गरेको छ ।