१२ श्रावण २०८३, मंगलवार
,
Latest
देवानगञ्ज घटनापछि सरकारको निर्णय: निःशुल्क उपचार, सात दिनभित्र छानबिन प्रतिवेदन र दोषीमाथि कडा कारबाही इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाङ्क्यु खोलामा तटबन्ध निर्माण



अ+ अ-

मुस्ताङ। थासाङ गाउँपालिका–२ स्थित कोवाङ—लार्जुङ लाङ्क्यु खोलामा आरसिसी तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ ।

प्रत्येक वर्ष लार्जुङ बस्ती वर्खायाममा बाढीको जोखिम भएकाले गाउँपालिकाले लाङ्क्यु खोलामा आरसिसी तटबन्ध निर्माण गरेको हो ।

सङ्घीय सशर्त अनुदानमा आरसिसी तटबन्ध निर्माण गरिएको हो। चालु आर्थिक वर्षको असार १५ गतेसम्म सम्पन्न हुने गरी रु एक करोड ३५ लाखमा मनि कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको गाउँपालिकाले जनाएको छ ।

थासाङ गाउँपालिका–२ को कोवाङ र लार्जुङ गाउँबाट बग्ने लाङ्क्यु खोलामा आरसिसी तटबन्ध निर्माण भइरहेको गाउँपालिकाका इञ्जिनियर त्रिलोचन गिरीले जानकारी दिनुभयो ।

बेनी–जोमसोम सडकमार्गको पक्की पुलदेखि कोवाङ–लार्जुङ लाङ्क्यु खोला पुलसम्म दाँयाबाँया दुईतर्फी ३७८ मिटर तटबन्ध निर्माण भइरहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार हालसम्म तटबन्धको ८० प्रतिशत काम सकिएको छ । गत वर्षको असार १६ गते थासाङको लाङ्क्यु खोलामा बाढी आउँदा लार्जुङ गाउँ जोखिममा परेको थियो ।

बाढी आएपछि लार्जुङका केही घरधुरीलाई स्थानान्तरण गरिएको थियो । रासस