२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलहरूको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित गरिएको छ।

बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुखले केही समयका लागि बैठक स्थगित गरेका थिए। तर अवरोध जारी रहेपछि बैठक सञ्चालन हुन नसकेकाले अन्ततः सूचना टाँसेर भोलिसम्मका लागि स्थगन गरिएको हो।

विपक्षी दलहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले संसदमा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने र सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने माग गर्दै अडान कायम राखेका छन्। उनीहरूको निरन्तर विरोधका कारण आजको बैठक अघि बढ्न नसकेको हो।

यसअघि पनि सहमतिको प्रयास भए पनि सहमति नजुटेपछि संसदको कामकारबाही प्रभावित भएको हो।