११ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा बैठक मंगलबार पनि अवरुद्ध बनेको छ। बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएपछि संसद् सञ्चालन हुन सकेन।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसबारे प्रधानमन्त्री स्वयंले संसद्मा आएर स्पष्टीकरण दिनुपर्ने अडान दोहोर्याएका छन्। उनीहरूको विरोधका कारण नियमित कार्यसूची अघि बढ्न सकेन।

तर विपक्षी दलहरूले सो प्रस्ताव अस्वीकार गर्दै प्रधानमन्त्री बालेन शाह स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने मागमा अडिग रहेको बताएका छन्।