३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्

रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
अ+ अ-

काठमाडाैँ । विपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले  वैदेशिक मामिलाको सवालमा संवेदनशीलता अपनाउन सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफनो भारत भ्रमण लगत्तै सोमवार बोलाउनुभएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूले उक्त सुझाव दिएको बताउनुभएको हो ।

अध्यक्ष लिङदेनले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा र सभापति लामिछानेले भारत भ्रमणको क्रममा आफूले विगतको भारी नबोक्ने भनि दिएको अभिव्यक्ति अपरिपक्व र नेपालले संसदबाट सर्वसम्मतीले  पारित गरेको लिपुलेक, लिम्पियारधुरा र कालापानी नेपालको हो भनि गरेको प्रमाणलाई समेत कमजोर बनाउने खालको भएको जिकिर गर्दै त्यस्ता कुराहरुमा होशियारी अपनाउन पनि आग्रह गर्नुभयो । उहाँले सरकारको गलत क्रियाकलापको भारी सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुनाले पनि सरकारले वैदेशिक मामिलाको सवालमा सम्वेदनशीलता उपनाउन आवश्यक रहेको तर्क पनि गर्नुभयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो,‘यो सरकारले गर्ने गलत क्रियाकलापको शिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ । त्यसकारणले अलिकति परिपक्व व्यवहारहरु गरियोस् । चाहे प्रधानमन्त्रीले सीमा सम्बन्धमा अस्ती संसदमा दिनुभएको मन्तव्य होस् । अथवा रास्वपाका सभापतिले भारतमा गएर हामीले विगतको भारी बोक्दैनौ भन्नुभएको कुरा होस् । त्यसले धेरै अर्थ राख्छ । अहिले हामीले सुझाव दियौ । त्यस्ता कुराहरुलाई होशियारीपूर्वक प्रयोग गरियोस भनेर भन्यौँ । विगतको भारी बोक्दैनौ भन्नुको अर्थ त विगतमा सबै नराम्रा भएका थिए । हामीले लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो हो भनेर हाम्रो ऐतिहासिकता, हाम्रो तथ्य, प्रमाणहरुको आधारमा त्यसलाई सर्वसम्मतीले संसदबाट पारित गरेर संविधानको अनुसूचिमा समेत समावेश गरिसकेको चिज त्यो पनि बोक्दिन भन्ने अर्थ लाग्न सक्छ । त्यसलाई पनि नयाँ ढंगले छलफल गर्न सकिन्छ भन्ने खालको अर्थ लाग्न सक्छ । त्यसकारणले वैदेशिक सवालको सम्बन्धमा संवेदनशीलता अपनाइयोस । र अहिले रास्वपाले जुन जीत हासिल गरेको छ । र भारत भ्रमणमा पनि सभापतिजीले जुन विशेष खालको स्वागत प्राप्त गर्नु भएको छ । त्यसलाई अवसरमा परिणत गर्नुस भनेर सुझाव दिएको छु ।’

अध्यक्ष लिङदेनले सरकारले जनताले दिएको मतलाई अवसरको रुपमा उपयोग गर्नुपर्ने पनि बताउनु भयो ।–